वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गरिने, अर्थ मन्त्रालयले रु दश अर्ब आयोगलाई उपलब्ध गराउने

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते आइतबार एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने भएको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराउने मिति तय गरेको हो । निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताउनुभयो । प्रवक्ता कार्कीले भन्नुभयो, “मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।