निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ : वरिष्ठ नेता नेपाल

फाईल फोटो

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो – “स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसद्को निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।”

व्यवस्थापिका–संसद् परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग आज कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भन्नुभयो – “सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।”

“निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन) को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिई आफ्नौ हैसियत नाप्नुपर्छ” – उहाँले भन्नुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।