केपी ओलीको प्रश्न : स्ववियु चुनावदेखि डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?

संशोधन प्रस्ताव पारित हुन दिन्नौँ

काठमाडौं, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहो¥याएको छ ।

एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदैर् उनले संविधान संशोधन राष्ट्र हितमा नरहेको बताए । ‘राष्ट्रवादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ ओलीले भने ।

कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनले बताए । नेपाली काँग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उनले आरोप लागए । ‘विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?”–नेता ओलीले प्रश्न गरे । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताए ।

कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताउनुभयो । ‘बुर्जुवा शिक्षा पढ्नुपर्दैन भनेर गरिब जनताका छोराछोरीलाई भड्काउने पार्टीले आफ्ना सन्तानलाई विदेशमा पढाएर आम युवा वर्गको भविष्य बिगारे, शिविरबाट बाहिरिने युवाको पैसा खोसेर पनि युवालाई शोषण गरे’ उनले भने । कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका नेकपा ‘माओवादी केन्द्र’का बुद्धिजीवी कपन पोखरेल र मोहन वैद्य नेतृत्वको नेकपा ‘माओवादी क्रान्तिकारी’का नेता सन्तोष खड्कालगायत समूहलाई पार्टी सदस्यतासहित अध्यक्ष ओलीले स्वागत गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।