राजदूतबाट हटाएको समाचार आएपछि पत्रकार सम्मेलनमै ‘आगो’ भइन आशा लामा (भिडियो सहित)

‘राजदूत बन्न कांग्रेसमा म जत्तिको मान्छे कोही पनि छैन’

काठमाडौं, १६ फागुन । पूर्व वैदेशिक रोजगार व्यवसायी एवम् युएईका लागि प्रस्तावित राजदूत आशा लामाले राजदूत नियुक्तिमा आफू जत्तिको सक्षम व्यक्ति नेपाली कांग्रेसभित्र नरहेको दाबी गरेकी छन् ।

रिपोर्टर्स क्लव नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर लामाले भनिन्, ‘म नेपाली कांग्रेसको कार्यकर्ता हुँ । राजदूतका लागि म जत्तिको उपयुक्त व्यक्ति कोही पनि छैन ।’ पत्रकार सम्मेलनमा उनले पटक–पटक ‘म जस्तो सक्षम व्यक्ति कांग्रेसमा राजदूत बन्न कोही पनि छैन’ भनेकि लामाले परराष्ट्रमन्त्रालयमा राजदूत नियुक्तिका लागि आफूले आवेदन दिएको दाबी गरिन् ।

उनले भनिन्, ‘पत्रपत्रिकामा राजदूत नियुक्तिको समाचार पढेको थिएँ । त्यसपछि पराष्ट्रमन्त्रालयमा गएर राजदूत नियुक्तिका लागि निवेदन दिएँ । त्यसपछि मेरो योग्यता र सक्षमता देखेर सरकारले राजदूतमा सिफारिसमा गरेको हो ।’

राजदूत नियुक्तिसहितका राजनीतिक नियुक्ति पार्टीका सिफारिसमा हुने प्रावधान रहको छ । राजदूत बन्नका लागि परराष्ट्रष्ट मन्त्रालयमा निवेदन दिनुपर्ने व्यवस्था छैन ।

आफ्नो नागरिकताका विषयमा उठाइएको प्रश्नमा जंगिदै लामाले भनन्, ‘मैले आमनेपाली नागरिकसरह नागरिकता लिएको हुँ ।’ लामा भारतीय नागरिक रहेको र अंगीकृत नागरिकता लिएको समाचा आएपछि राजदूतमा प्रस्तावित लामा रिसाएकी हुन् ।

वैदेशिक रोजगार व्यवसायमा आफ्नो संलग्नता सन् २०१० सम्म मात्रै रहेको बताएकी लामाले भनिन्, ‘वैदेशिक रोजगारीमा म संलग्न छैन । तर व्यवसायमा मेरो लगानी छ । शेयर छ ।’

आफूलाई नेपाली कांग्रेसको कार्यकर्ता बताइरहेकी लामाले अघिल्लो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर ४ बाट साध्यबहादुर भण्डारी नेतृत्वका राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट उम्मेदवार बनेर पराजित भएको बताइन् । ‘कांग्रेसको कार्यकर्ता भएपनि म राष्ट्रिय जनमोर्चा नेपालको उम्मेदवार बने’, उनले भनिन्, ‘मेरो भेट कम आयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवासँग जिपछिरिङ लामाको माध्यमबाट कनेक्सन भएको बताएकी लामाले भनिन्, ‘जिपछिरिङ लामा मेरो पारिवारिक मान्छे हो । उहाँमार्फत शेरबहादुर देउवा समक्ष पुगेको हुँ । उहाँले पनि मेरो काविलियतमा प्रशंसा गर्नुभयो ।’

युएईका लागि नेपाली राजदूतमा प्रस्तावित राजदूत लामालाई सरकारले हटाएको समाचार आएपछि लामाले अचानक काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफू राजदूतका लागि समक्षम रहेको दाबी गरेकी हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।