पूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटामा तालाबन्दि
धनकुटा खबर, फागुन १७ । स्वास्थ्य सेवा ऐन दफा ९ को ‘ख’ कार्यन्वयन माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुले पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य कार्यलयमा तालाबन्दि गरेकाछन् ।
मंगलबार स्वास्थ्यकर्मी पूवाञ्चल क्षेत्रिय ट्रेडयुनियन संधर्ष समितिले क्षेत्रिय निर्देशक विष्णुबहादुर बस्नेत सहित कार्यलयको आर्थिक,प्रशासनिक लगाएतका सबै शाखाका कर्मचारी बाहिर निकालेर ताला लगाएका हुन् ।
गएको १५ दिनदेखि आकस्मीक सेवा बाहेकका सेवा र कामकाज ठप्प पार पनि सरकारले आफ्नो माग नसुनेकोले तालाबन्दि गर्नुपरेको स्वास्थ्यकर्मी संघ केन्द्रिय समितीका केन्द्रिय सदस्य रमेश कार्किले बताउनुभयो ।

स्वास्थ्यकमीहरुलााई मानसिक तनाव दिने,जिम्मेवारीबाट बहिरगमन गर्ने बदनियतपूर्ण तरीकाबाट पदस्थापन गरेको भन्दै निर्णय नसच्यासम्म आन्दोलका थप कार्यक्रम बढाउने निति रहेको स्वास्थ्यकर्मिसंधका महासचिव कृष्णलाल यादवले बताउनुभयो ।
पूवाञ्चल क्षेत्रिय स्वास्थ्य कार्यलयका अन्तरगतका पूर्वका १६ जिल्लाका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको स्वास्थ्यकर्मी संध संघर्षसमिति धनकुटाका अध्यक्ष मोहमद जाकिर हुसैनले बताउनुभयो ।

तालबन्दि संगै फागुन १८ गतेदेखि हुने पूर्वाञ्चलका चारसय ८१ जना स्वास्थ्यकर्मीहरुको अन्तरवार्ता अन्यौलमा परेको क्षेत्रियस्वास्थ्य प्रमुख विष्णुबहादुर बस्नेतले बताउनुभयो ।
तालाबन्दि पछि स्वास्थ्यकर्मीसंघले विज्ञप्ती जारी गरेर सरकारले अझै माग सम्बोधन नगरे खोप सेवा,बर्थिङ्गसेन्टर लगाएत स्वास्थ्यसेवाका छैटौ तह कार्यरत रहेका सबै निकायको काम ठप्प पारेर थप कडा अन्दोलन गर्ने जनाएको छ ।


