त्रि-देशिय कार रयाली धनकुटाको हिलेमा : आज हिलेमै बास, भोलि झण्डा हस्तान्तरण पछि विदाई गरिने

धनकुटा खबर, फागुन १८ । साहसिक खेल,पर्यटन प्रबर्धन र विकासको पूर्वाधार, शान्ति एकता र सामाजिक न्याय नयाँ नेपालको आधार,भन्ने मुल नाराका साथ भुटान नेपाल र भारतका व्यवसायिक मोटरिङ खेलाडीहरु आज धनकुटाको हिले वजार आईपुगेकाछन् ।

नेपाल अटोमोबाइल एसोसिएसन क्षेत्रिय कमिटीद्धरा आयोजिते मोटर ¥यालिमा सहभागि हुदै उनीहरु यहाँ आएका हुन् ।

यो पनि पढ्नुहोस् -> नेपाल,भारत र भुटान सम्मिलित त्रि-देशिय कार रयाली धनकुटामा

सामाजिक र साँस्कृतिक विविधताको अध्ययन गर्दै अलौकिक हिम श्रृंखलाको अवलोकन गराइ पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ उनीहरुलाइ धनकुटा हिले सम्म ल्याइएको नेपाल अटोमोबाइल एसोसिएसन क्षेत्रिय कमिटीका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिनुभयो ।

भूटान,भारत र नेपालका ५७ वटा गाडीहरु मध्ये नेपालको तर्फबाट ५ टिमले सहभागिता जनाइरहेको आयोजकले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने उक्त मोटर ¥यालि भोली विहान हिलेबाट विराटनगर हुदै भारतको सिलीगुडीको सिटी सेन्टरमा समापन हुनेछ ।

कार्यक्रममा प्रथम हुनेलाई नगद रु १ लाख ६० हजार,प्रमाण पत्र,ट्रफी र मेडल,दोस्रो हुनेलाई नगद रु ८० हजार, प्रमाण पत्र,ट्रफी र मेडल र तृतीय हुनेलाई नगद रु ४० हजार, प्रमाण पत्र,ट्रफी र मेडल प्रदान गरिने छ । मोटर ¥यालि फेव्रुवरी २५ देखि भारतको सिलीगुडीबाट शुरु भइ भुटानको पारो एयरपोर्ट,दार्जिलिङ, पशुपतिनगर, विर्तामोड, दमक, धरान, भेडेटार हुदै आज धनकुटा आइ पुगेको हो ।

यहाँ आएका मोटर ¥यालिका सहभागीहरुलाई उद्योग वाणिज्य संघ धनकुटा,धनकुटा नगरपालिका र हिले वजार व्यवस्थापन समितिले अविर र खदा लगाई भव्य रुपमा स्वागत गरेका थिए । स्वागत कार्यमा सहभागी हुदै उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले आज यहाँ आई पुगेका मोटर ¥यालिका सहभागीहरु यही वस्ने र भोलि विहान झण्डा हस्तान्तरण पछि विदाई गरिने जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।