खेलकुद नबुझेको मान्छेलाई खेलकुद क्षेत्रको नेतृत्व गर्न दिनु हुँदैन : कुसुम श्रेष्ठ (जुली)

पूर्व रा.खे.प. सदस्य तथा अखिल नेपाल खेलकुद महासघंका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ इन्चार्ज कुसुम श्रेष्ठ (जुली) सगँ धनकुटाखबर का लागि ओम प्रकाश निरौलाले लिएको अन्तबार्ता

राष्ट्रिय खेलकुद परिषदमा सदस्य भएर काम गर्दाको अनुभव तथा आफ्नो कामको बारेमा बताइदिनु हुन्छ की ?
राष्ट्रिय खेलकुद परिषदमा म २०६८ साल जेष्ठमा नियूक्ति भएको थिएँ । हामी त्याहा जादा खेलकुदमा एक खालको शिथिलता तथा अराजकता थियो । खेलकुद इतिहासकै एक कुशल नेतृत्व रा.खे.प. का पूर्व सदस्य सचिब यूवराज लामा तथा हाम्रो टिमको अथक प्रयास र दृढताका कारण हामी त्यसलाई चिर्न सफल भयौ । त्यसपछि लगातार तीन बर्ष नेपाली खेलकुद सधै चर्चाको बिषय बन्यो । बिषम परिस्थितिका बाबजुद पनि छैटौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरक्षीत रुपमा अवतरण गराउन हामी सफल भयौ ।

परम्परा देखि मनोरन्जनको साधनको रुपमा मात्र लिदै आएको खेलकुदलाई राष्ट्रिय पहिचान र सर्वसाधारण जनताको प्रतिभा प्रष्फुटन गराउने माध्यामका रुपमा स्थापित गराउन हामी धेरै हदसम्म सफल भयौ । नेपालको सामाजिक, राजनैतिक, आर्थिक पाटाहरु सकरात्मक नहुदा नेपालले यस क्षेत्रमा अपेक्षाकृत सफलता हासील गरेको छैन जसका कारण यो बिश्व खेलकुदमा हाम्रो इतिहास दर्विलो छैन । यति हुँदा हुदै पनि हामीले खेल क्षेत्रमा एउटा नयाँ उत्साह ल्याउन सफल भयौँ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल मन्त्रले हामीले पुरै देशलाई नै खेलकुदमय बनाउन सफल भयौ । सातौ राष्ट्रिय खेलकुद, लुम्बीनी च्याम्पीयनसीप, राष्ट्रपति रनिङ्गसील्ड, तथा राष्ट्रिय सघंको नियमित कार्यक्रम आदि कारणले खेलाडिहरुको मनोबल उच्च पारेको थियो ।

तपाइहरुको अथक प्रयासबाट प्राप्त उपलब्धीहरुलाई छोटकरीमा बुदागत रुपमा उल्लेख गदौ के के कुराहरु पर्छन ?
बुदागत रुपमा भन्नु पर्दा निम्न कुराहरुलाई समावेश गर्न सकिन्छ ।
१. राष्ट्रिय टिमका खेलाडिहरुलाई वर्षैभरि बिशेष प्रशिक्षण
२. बिद्यालय खेलकुद शिक्षाको अवधारणा
३. राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडि, सघं, अफिसियलल्स हरुलाई आकर्षक पुरुस्कार राशिको ब्यवस्था ।
४. २४० ओटै निर्वाचन क्षेत्रमा १ १ ओटा खेलमैदान तथा कभर्डहलको अबधारणा ।
५. खेलकुदसम्बन्धी कार्यविधी निर्माण ।
६. बिधालय खेलकुद बोर्ड गठन ।
७. देशब्यापी रुपमा भौतिक संरचना निर्माण । आदि

नेपालले खेलकुद क्षेत्रमा अपेक्षा गरे अनुसार विकास गर्न सकेको छैन । तपाइको विचारमा यसका के के कारणहरु हुन सक्छन् ? साथै यसका समाधानका लागि के गर्न सकिन्छ ?
समग्र खेलकुद क्षेत्रमा विकास हुन नसक्नुका धेरै कारणहरु छन् । नेपालमा खेलकुद अनुकुल एथेष्ट वातावरण छैन । खेल क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण सकरात्मक बन्न जरुरी छ । राज्य खेलकुदमा लगानी बालुवामा पानी भन्ने मानसिकताबाट माथी उठ्न जरुरी छ । त्यसैगरि देशभरी खेलकुदका लागि आवाश्यक पूर्वाधारहरु निर्माण हुन नसक्नु, नियमित र तोकीएको समयमा खेलकुद प्रतियोगिता नहुनु साथै खेलकुदमा माफीयाकरणको अन्त्य हुन नसक्नु, खेलकुद नै नबुझेका र नजानेका राजनैतिक कार्यकर्तालाई खेलकुद विज्ञका रुपमा स्थापित गर्नु आदि खेलकुद क्षेत्रमा भएका समस्याहरु हुन् ।

समय अनुसार विश्वमा खेलकुदमा भइरहेको परिवर्तनको अध्ययन, अनुसन्धान, तथा हाम्रा खास खास समस्याहरुलाई समाधान गर्ने र नेपालको लागि सहज र पपुलर खेलमा लगानी बढाएर लैजाने हो भने यस क्षेत्रको विकास गर्न सकिन्छ ।

१ नं प्रदेश मा कुन खेलको सभांवना बढी छ ? साथै यो क्षेत्रको विकासका लागि तपाइ आफुले के गर्दै हुनुहुन्छ ?
अहिलेको परिस्थिति हेर्दा खासगरी मार्सल आर्ट, क्रिकेट तथा फुटबल लगायत आदि क्षेत्रमा नेपालले प्रगति गर्न सक्छ भन्ने लाग्छ । नेपालको इतिहास हेर्दा पनि यही देखिन्छ । प्रदेश नं. १ को खेलकुदको विकासका लागि प्रदेश स्तरिय रगंशाला निर्माणको पहल भइरहेको छ । खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहाने हरुलाई खेलसगँ सम्बन्धित सघहरुंमा गोलबन्द गराउने कार्यक्रम भइरहेको छ । धनकुटाको हकमा खेल मैदानको लागि केन्द्रमा पहल भइरहेको छ साथै खेलाडिहरुलाई प्रोत्साहन स्वरुप पुरुस्कारको ब्यबस्था गरिरहेका छौ । स्थानीय निकायबाट खेलकुद गतिबिधी सन्चालन गर्न छुट्टाइएको १० प्रतिशत रकम खेलकुदको बिकासमा लगाउने पहल भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।