चर्चा चलेको पाँच दशक पछि अब भने धनकुटामा विमानस्थल निर्माण हुने पक्कापक्की

धनकुटा खबर, २१ फागुन । पूर्वाञ्चलमा ११ विमानस्थलले हवाई सेवा दिइरहेका छन् । भौगोलिक दृष्टिले अति विकट र सुगम स्थानसमेत रहेको पूर्वमाहवाई यात्रागर्नको संख्या धेरै छ । कोही बाध्यताले जहाज चढ्छन् भने कोही सोखले । पूर्वका पहाडी क्षेत्रमा विमानस्थल बनाउनुपर्ने र हवाई सेवा चालू गर्नुपर्ने स्थानीयवासीको माग छ ।

धनकुटा, इलाम, पाँचथर धरान र उदयपुरमा जग्गा बन्दोबस्त समेत भइसकेको छ । विमानस्थल निर्माणका लागि वार्षिक रुपमा विनियोजन हुने बजेटप्रति भने स्थानीय असन्तुष्ट छन् । विमानस्थल निर्माणका लागि वर्षेनि कनिका छरेझैं आउने बजेटले “आफ्नै घरआँगनबाट जहाज चढ्ने“ स्थानीयको सपना भने पछि धकेलिँदै छ । त्यसकारण जग्गा मात्र बन्दोबस्त गर्न नभई निर्माण कार्यमा पनि तत्काल लाग्नुपर्ने स्थानियको माग छ ।
विमानस्थल निर्माणको चर्चा चलेको पाँच दशकपछि धनकुटाको बेलहारामा विमानस्थल निर्माण गर्न बाटो खुलेको छ ।

धनकुटा नगरपालिका वडा नं. १३ र १४ मा रहेको जग्गामा विगत पाँच वर्ष अघि नै नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरि सिफारिस गरेको थियो । प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययनगरि विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको थियो । प्रतिवेदनमा एक हजार तीन सयदेखि एक हजार पाँच सय मिटर लम्बाई र चार सयदेखि छ सय मिटर चौडाइ भएको धावन मार्ग सहितको निर्माण गर्न सकिने र दोहोरो उडान गर्न सकिने निर्माणस्थल गर्न मिल्ने उल्लेख गरिएको छ ।

विमानस्थल निर्माण हुने भएपछि स्थानियबासीमा भने खुसियाली छाएको स्थानिय सन्दिप रायमाझीले बताए । पटक पटकको सर्वेक्षणमा उपयुक्त देखिएको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थप कार्य अगाडि बढाउन सकेको थिएन । तर, स्थानियका. पटक पटकको डेलिकेशन पछि हाल आएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न उपयुक्त रहेको भन्दै सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेपछि विमानस्थल निर्माणको बाटो खुलेको हो ।

केहि दिनअघिको मन्त्री परिषदको बैठकले बेलहारामा विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले बिशेष चासो दिएपछि धनकुटामा विमानस्थल निर्माण सम्भव भएको विमानस्थल निर्माणको लागि अगुवाई गरिरहेका पूर्व सभासद हेमराज भण्डारीले बताए । जिल्लाका विभिन्न तीन स्थानमा सर्वेक्षण गर्दा धनकुटा नगरपालिकाको त्यस क्षेत्र बेलहारामा नै निर्माण कार्य उपयुक्त हुने भनी सिफारिस भएको छ । धनकुटा नगरपालिकाको फौजेटार, मारेककटहरे गाविसको घुमाउने र ताङ्खुवा गाविसको मुड्के आहाले मध्ये नगरपालिकाको बेलहारा प्राविधिक हिसाबले विमानस्थल निर्माणका लागि उपयुक्त रहेको निष्कर्ष सहितको सिफारिस पत्र मन्त्रिपरिषदमा पेस भएर स्वीकृति भएको पूर्व सभासद भण्डारीले बताए ।

स्थानीयवासीले मौसमी र बेमौसमी तरकारी खेती गरेर करोडौंको आम्दानी गरिरहेको जग्गा विमानस्थलको निर्माणको चर्चासँगै तत्काल काम सुरु होला भनी पाँच वर्ष अगाडीदेखि नै कुनै बाली नलगाई अलपत्र छाडेका छन् । तर हालसम्म कुनै काम अगाडि नबढेकाले निराश बनेका स्थानिय फेरि विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढेपछि उत्साहित बनेका छन् । विमानस्थल निर्माण भएपछि पूर्वी पहाडी जिल्लाभोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथरका केहीभाग र धनकुटा तथा तेह्रथुमजिल्लाका सबै सर्वसाधारणलाई सुविधा पुग्ने बताइएको छ ।

स्थानीयस्तरमा जिल्ला विकास समिति र राजनीतिक दल सहितको सर्वपक्षीय संयन्त्र निर्माण गरि विमानस्थलका लागि आवश्यक जग्गाको विवरण र राजमार्गबाट विमानस्थल सडक पहुँच लगायतका पूर्वाधारका काम भने अझै अगाडि बढ्न सकेको छैन । २०२२ सालमा धनकुटामा पहिलो पटक विमानस्थल निर्माण गर्न लागि सर्वेक्षण गरिएको थियो । तर धरान धनकुटा राजमार्ग निर्माण गर्न अध्ययन सुरु गरिएसँगै विमानस्थल निर्माण गर्ने चर्चा सेलाएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।