धनकुटाबाट ३३ जना भुकम्प पीडितको नाम सिफारिस

धनकुटा खबर, फागुन २२ । जिल्ला दैवी प्रकोप उद्धार समिति धनकुटाले ३३ जना भुकम्प पीडितको घर सर्भेक्षणको लागि पुनः निर्माण प्राधिकरणमा सिफारिस गरेको छ ।

२०७२ साल बैसाख १२ गते गएको बिनासकारी भुकम्पमा क्षति भमएको आफ्नो घर बिभिध कारणले सर्भेक्षणमा छुटेको भनी निबेदन आएपछि समितिको आईतबार बसेको बैठकले उक्त नामावली सिफारिस गरेको हो ।

समितिकाका संयोजक प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीको अध्यक्षतामा बसेको बैडकले बसन्तटार र छिन्ताङ्ग गाबिसका ८–८ घर,धनकुटा नगरपालिकाका ७ घर,बोधे,लेगुावा,आहाले गाबिसका २–२ घर र आहाले,राजारानी,हात्तिखर्कका १–१ घर धुरी सिफारिस गरेको हो ।

बैसाख १२ को महा–भुकम्पमा परी धनकुटामा धनकुटाका ५ हजार २ सय ६६ घर धुरीमा पूर्ण तथा आंसिक रुपमा क्षति भएको उद्धार समितिले जानकारी दिएको छ ।

समितिको उक्त बैठकले गर्मी समय संगै देखापर्ने आगलागी र बाढि पैरो रोक्न सम्बिनिधत निकायहरु संग समन्वयन गरी अग्रिम तयारी गर्ने निर्णय समेत गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।