३३ बर्ष पछि धनकुटामा औद्योगिक ग्राम सन्चालनमा आउने सुनिश्चित

यस बर्ष ३ करोड बिनियोजन

धनकुटा खबर, फागुन २३ । ३३ बर्ष पछि धनकुटाको औधिगिक क्षेत्रमा औधोगिक ग्राम सन्चालनमा आउने सुनिश्चित भएको छ ।

माघ २० गते वसेको मन्त्रीपरिषद्को वैठकले धनकुटा नगरपालिका वडा नं. ३ आत्मारामा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको जग्गा घरेलु कार्यालय धनकुटामा स्वामित्व हस्तान्तरण गर्ने निर्णय गरेपछि धनकुटामा औद्योगिक ग्राम वन्ने वाटो खुलेको हो ।

२०४० सालमा अधिग्रहण भएको ६७ रोपनी जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा निर्माणको प्रक्रिया अघि वढ्न सकेको थिएन ।

औधोगिक ग्राम बन्ने धनपा ३ मा रहेका औधोगिक क्षेत्र

मन्त्रीपरिषद्को निर्णय भएसँगै ग्रामको पूर्वाधार निर्माणको काम अघि वढेको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटाका निमित्त प्रमुख दिपक पौडेलले जानकारी दिए ।

औद्योगिक व्यवसाय ऐन २०७३ अनुसार देशैभरी औद्योगिक ग्राम निर्माण गरी साना घरेलु लघुउद्यमलाई प्रोत्साहन गर्ने सरकारको नीति अनुसार चालु आवमा धनकुटाको औद्योगिक ग्रामको पूर्वाधार निर्माणको लागि ३ करोड रुपैया विनियोजन गरिएको छ ।

उक्त स्थानमा औधोगिक ग्राम सन्चालनमा आएपछि ५ लाख देखि १० करोड रुपैयासम्म स्थिर पुँजी भएका करिव ५० भन्दा वढी घरेदलु उद्योगहरु रहने घरेलु कार्यालय धनकुटाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।