राजविराज घटनाबारे जानकारी दिन एमालेले बृहत् भेला गर्ने

काठमाडौँ, २५ फागुन । नेकपा (एमाले)ले आफ्ना कार्यकर्तालाई सप्तरीको राजविराजमा भएको हिंसात्मक घटनाको स्पष्ट जानकारी दिन बिहीबार उपत्यकामा बृहत् भेलाको आयोजना गर्दैछ ।

आज पार्टी महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले राजविराजको शान्तिपूर्ण कार्यक्रममा गरिएको हस्तक्षेपका विरुद्धमा कार्यकर्तालाई स्पष्ट पार्न र घटनाको भण्डाफोर गर्न भेला आयोजना गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेलामा काठमाडौँ उपत्यकाभित्र रहेका पार्टी सदस्यहरु, मोर्चा÷ सङगठनका सदस्य र सम्पर्क कमिटी अन्तर्गतका पार्टी सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

यसैगरी बैठकले राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा जिल्ला आमसभा आयोजना गर्ने निर्णय समेत गरेको छ ।

बैठकले एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कार्य भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण पनि गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।