कार्यालय प्रमुखले अटेर गरेको भन्दै पशुसेवा कार्यालय धनकुटामा तालाबन्दी

धनकुटा खबर, फागुन २७ । मन्त्रालयले फिर्ता बोलाएपनि अटेर गरेर बसेको भन्दै पशुसेवा कार्यालय धनकुटामा किसानहरुले तालाबन्दी गरेका छन् ।

पशु विकास मन्त्रालयले ३ दिन भित्र मन्त्रालयमा हाजिर हुन परिपत्र गरेपनि अटेर गरेर बसेका प्रमुख नन्दलाल बर्मालाई अवरोध गर्न शुक्रबार किसानहरुले तालबन्दी गरेका हुन् ।

शुक्रबार पशु सेवा कार्यालयको प्रमुख, योजना शाखा र कार्यक्रम हलमा तालाबन्दी गरेको कृषि ब्यबसायी महासंघका अध्यक्ष सरेन्द्र पौडेलले बताउनु भयो ।

मन्त्रालयले सरुवा गरेपनि विलभर्पाइ मिलाउनको लागि अटेर गरेर बसेकाले तालाबन्दी गर्नु परेको पौडेलले बताउनु भयो ।

कार्यालयमा आउदा किसानलाई अभद्र ब्यबहारको कारण माघ १९ गते देखि आन्दोलनमा उत्रेका किसानको दवावको कारण कार्यालय प्रमुख बर्माको मन्त्रालयले काज सरुवा गरेका थियो ।

किसानहरुको आन्दोलनको कारण क्षेत्रीय पशु सेवा निर्देशनालय विराटनगरबाट माघ २१ गते छानविन गर्न आएको टोली आएका थियो । उक्त टोलीको प्रतिवेदनको आधारमा कार्यालय प्रमुख बर्मालाई सरुवा गरिएको थियो ।

तर ३ दिन अगाडी पत्र आएपनि जिल्ला छाडेर नहिडेपछि थप आन्दोलन गर्नु परेको किसानहरुले बताए ।

किसानहरुले गरेको तालाबन्दीको कारण पशु सेवा कार्यालयको योजना तर्जुमा कार्यक्रम रोकिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।