अढाई करोड लगानीमा धनकुटाको सिंधुवामा पेट्रोल पम्प सन्चालन
धनकुटा खबर । मध्ये पहाडी राजमार्ग र पूर्वी पहाडका ४ जिल्लालाका सवारीहरुलाई सेवा दिने उदेश्यले धनकुटा र तेह्रथुमको सिमानामा रहेको धनकुटाको सिंधुवामा पेट्रोल पम्प सन्चालनमा आएको छ ।
धनकुटा मूर्तिढुंगा गाबिसका चेतनाथ चापागाईं २ करोड ५० लाख लगानीमा सन्चालनमा आएको उक्त पम्पको पूर्व बार्षिज्य तथा आपूर्ति मन्त्री सुनिल बहालुर थापाले उत्घाटन गर्नुभएको छ ।
सिंधुवा बसन्तपुर सडक खण्डमा स्थापना भएको उक्त पम्पले पाँचथर हुंदै मध्ये पहाडी राजमार्गको उल्ने र धनकुटा हुंदै पाँचथर,संखुवासभा,तेह्रथुम र ताप्लेजुङ्ग सम्म चल्ने सवारीहरुलाई सेवा पुग्ने सन्चालक चापागाईंले जानकारी दिनुभयो ।

तराई आन्दोलन र बन्दका कारण धनकुटामा पेट्रोलियम पदार्थ अभाव भएको धनकुटामा पूर्व आपूर्ति मन्त्री थापाले २ टुयाङ्कर तेल ल्याएर पम्को उत्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा थापाले १९ अर्व घाटामा भएको नेपाल आयल निगम आफ्नो कार्यकालमा सुधार गरी हाल २० अर्व फाईदमा गएको सन्दर्भ जोड्दै सबैको ईच्छाशक्ति भए अहिलेको पेट्रोलियम पदार्थ अभाव कृतिम भएकाले यसको सहज आपूर्ति हुन सक्ने बताउनु भयो ।


