धनकुटाको हिलेमा १३ उत्कृष्ट डकुमन्ट्री प्रदर्शन हुने

धनकुटा खबर, फागुन २९ । १४ औं अन्तराष्ट्रि पर्वतिय महोत्सवमा उत्कृट १३ नेपाली डकूमेन्ट्रीहरु धनकुटाको हिलेमा २ दिन सम्म प्रदर्शन गरिने भएको छ ।

सन् २०१६ डिसेम्बरमा काठमाण्डू ईनटरनेशनल माउण्टेन फिल्म फेष्टिभल (किम्फ)को असम्पन्न १२० राष्ट्रका ४६ डकुमेन्ट्री मध्ये उत्कृष्ट १० स्थानमा परेका बृतचित्रहरु निःशुल्क प्रदर्शन गर्न लागिएको हो ।

हिमाल एशोशियसन काठमाण्डौको आयोजना, स्थानिय सिर्जनसिल साँस्कृतिक समुह हिलेको संजोजन सम्पन्न हुनलागेका उक्त डकुमेन्ट्रीको बिषयमा पत्रकार सम्मेलन गरेर आईतबार जानकारी दिएको छ ।

हिलेको सामुदायीक भवनमा सोमबार देखि प्रदर्शन हुने बृतचित्रहरुमा अ सङ फर बारपाक,बाह्रखरी लौरी,भुसको लोग्ने,बियोन द ह्वाईट केन,देवकीको खोजिमा,चन्द्र,मेला,राईज एण्ड फल,सिमलको भुवा जस्तै,स्प्टि एन्डस्,मीरा रहेका छन् ।

स्वीस राजदुताबासको आर्थिक सहयोगमा ५ मिनेट देखि ५२ मिनेट सम्मका उक्त डकुमेन्ट्रीहरु नेपाली समाजमा रहेका घटना र ब्यक्तिहरुको यथार्थ दैनिकीमा आधारित रहेको स्थानिय आयोजक संस्थाका धनकुटा प्रतिनीधि मनेश श्रेष्ठे जानकारी दिनुभयो ।

नेपाली समाजमा जनचेतना फैलाउँदै नेपाली बृतचित्रको बिकास गर्ने उदेश्यले निर्माण गरी सन् २००० देखि नेपालका बिभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आईएको यो बृतचित्र धनकुटा पछि भोजपुर र खोटाङ्गको दिक्तेलमा प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।