धनकुटामा पुनः एक बर्ष हात्तिपाईलेको औषधी खुवाईने

धनकुटा खबर । ५ बर्षको औषधी सेवनपछि दुई गाबिसमा हात्तिपाईले रोगको लक्षण देखिएपछि धनकुटामा थप एक बर्ष उक्त रोग बिरुद्धको औषधी खुवाईने भएको छ ।

६ बर्षे अषधी बितरणको गत सालको औषधी सेवन पछि रगत परिक्षणमा साबिक लेगुवा र घोर्लीखर्क गरी ७ जनामा हात्तिपाईले रोगको लक्षण देखिएपछि धनकुटामा पुनः यो बर्ष औषधी खुवाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले सोमबार एक कार्यक्रम गरी यो बर्षको औषधी सेवन पछि थप १ बर्ष औषधी सेवन कार्यक्रम थप्ने जानकारी दिएको छ ।

धनकुटामा यो बर्षको औषधी सेवन कार्यक्रम चैत्र ५,६ र ७ गते धनकुटाका ४ सय ८० वटा स्वास्थ्य केन्द्रबाट औषधी खुवाईने कार्यक्रममा जानकारी दिएको छ ।

कार्यक्रममा कार्यालयका प्रमुख डाक्टर मदन उपाध्यायले १ सय ९८ स्वास्थ्यकर्मी परिचालन गरेर धनकुटाका १ लाख ४६ हजार ३ सय १ जनालाई औषधी खुवाईने जानकारी दिनुभयो ।

बिश्वका ७० देशका १२ करोड जनसंख्या प्रभावित भएको यो रोगबाट सन् २०२० सम्ममा नेपालबाट उन्मूलन गर्ने नेपाल सरकारको लक्ष रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।