श्रीमान बिदेशमा श्रीमती नेपालमा : यस कारण बिग्रिन्छन नेपालमा श्रीमती !

पछिल्लो समय वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतिहरु नेपालमा बिग्रिएको धेरै समाचार प्रकासनमा आएका छन् । श्रीमानको कमाइमा श्रीमातीको मस्ती….., विदेशमा श्रीमानलाई सास्ती, नेपालमा श्रीमतिको अर्कैसंग मस्ती…. जस्ता हेडलाईनहरु दैनिक जसो समाचारपत्रमा आइरहेका छन् ।

सुनौलो सपना बोकेर विदेशीएका श्रीमानले पठाएको पैसा नेपालमा बसेर अर्कैलाई ख्वाउने, प्याउने र अन्त्यमा श्रीमानको सबै कमाई कुम्ल्याएर अर्कैसंग भागेका कुराहरु हामीले देख्दै र सुन्दै आएका छौं ।

यस्ता समाचार हरु प्रायः आफ्नै लापरबाही र धेरै बिश्वास दिनुले गर्दा हुने गरेको एक श्रीमति पीडितहरुको भनाइ र उनीहरुको अनुभवले देखाएको छ । आखिर के कारणले हो त ?

बिदेशमा गएका पुरुष हरुको प्राय घर बिग्रिनु ? उनीहरुका श्रीमतिहरु गलतबाटो रोज्न ? एउटा तितो एथार्थ हामीले विभिन्न पिडित व्यक्तिका अनुभवहरुलाई मार्फत संकलन गरी प्रस्तुत गरेका छौं । यसको मतलव यो होइन की विदेशमा गएका सबैका श्रीमति नेपालमा बिग्रिएका छन् ।

तर दिनहुँजसो आइरहेका समाचारहरु हेर्दा गलत बाटो अपनाउने श्रीमतिका श्रीमान कि त वैदेशिक रोजगारीमा हुन्छन् या त उनीभन्दा टाढा रहेको पाइन्छ । त्यस्तै आफ्नो श्रीमतिलाई सहीबाटोमा लगाउन बेलैमा सचेत हुनैपर्छ । त्यसका लागि यी उपाय अपानाउँदा राम्रो हुन्छ ।

श्रीमतीलाई कत्ति पनि फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा चनाखो रहनुहोस् । उनलाई व्यस्त राख्नुहोस् किनकी उनले नानाथरी कुरा दिमागमा आउने अवस्था नबनाउनुहोस् । उनि के गर्दै छिन् ,कहाँ जादै छिन् किन जादै छिन् , हरेक कुरो को जानकारी लिने गर्नुपर्छ । धेरै माया गर्छु भन्दैमा धेरै विश्वास गर्नु राम्रो हुँदैन ।

घरमा एक्लै नछाड्नुहोस्, आफू वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने श्रीमतिलाई घरपरिवारसंगै राख्नुहोस् । सक्नुहुन्छ गाउँमै लगेर राख्नुहोस् । आमा बाबुसंग, शहर केन्द्रित ठाउँमा एक्लै नछाड्नुहोस् । यदी शहरमा राख्नै पर्ने बाध्यता भए उनीप्रति चनाखो बन्नुहोस् । उनको बारेमा जानकारी लिने माध्याम बनाएरै जानुहोस् ।

आमाबाबुको सबै कुरा सुन्नुपर्छ । बुहारी भित्र्याएपछि सासु बुहारीको झगडा परे पनि यो क्षणिक श्रीमान श्रीमतिको झगडा जस्तै हो । बुहारीसंग सासु नबोली पनि ती तपाईकी आमा हुन् । उनले तपाईको कहिल्यै कुभलो चिताउँदिनन् ।

त्यस्तैले श्रीमतीलाई भन्दाबढी आमा बाबुलाई बढी विश्वास गर्नुहोस् । श्रीमतीको विश्वासमा घरबार बिगार्नेहरुको नै आफ्नै घरबार धेरै बिग्रिएको पछिल्लो अध्ययनले देखाएको छ ।

यदी बालबच्चा छन् भने उनीहरुसंगबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ । वालबच्चा भनेका भगवान हुन् उनीहरुको बोली भगवानको बोली हो भन्ने परम्परा यसै चलेको होइन् ।

उनीहरुले झुटो बोल्न जानेका हुँदैनन् र बोल्दैनन् पनि उनीहरुलाई ललाई फकाई गरेका भए पनि आफ्नी श्रीमतिको बारेमा बुझ्ने प्रयास गर्नुपर्छ । घरमा को आयो, को गयो , घरमा बस्यो की बसेन । यस्तै यस्तै कुराहरु सोध्ने गर्नुपर्छ । जसले गर्दा श्रीमतिमा तपाईप्रतिको डर रहीरहन्छ ।

अर्को तपाईको फोनको श्रीमतिले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्र्दा कस्तो तरिकाले बोल्नु हुन्छ ? ठाडो पाराले या सामान्य तरिकाले ? या बोल्दा बोल्दै रिसाएर फोन काट्नु हुन्छ ? जब श्रमती हरु बोल्दा बोल्दै एकासी झर्किने ,रिसाउने गर्छन भने शंका गर्नैपर्छ ।

असल श्रमती हुन् भने तपाई जे जस्तो भन्नुस बिदेस को फोन ,आफ्नो श्रीमानको फोन आउदा खुसि नै हुनु पर्छ । यदी सामान्य कुरो मै फोन काट्ने , झर्किने गरिन भने सम्झनुस कुनै चक्कर चल्दै छ, जहाँ अब तपाई को फोन नआउदा पनि कुनै फरक नपर्ने अवस्था भैसकेको छ –एन पी समाचार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।