धनकुटाका घरेलु उद्योगलाई प्रविधि खरिदमा ८० प्रतिशत छुट

धनकुटा खबर, चैत १ । घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाले धनकुटाका ३१ लद्यु घरेलु उद्योगलाई ८० प्रतिशत छुटमा प्रविधि हस्तान्तरण गरिने भएको छ ।

लद्यु घरेलु उद्योगको उत्पादन तथा उत्पादकत्व वढाउने कार्यक्रम अनतर्गत चालु आर्थिक बर्षका लागि प्रविधि खरिदका लागि परेको ५३ ओटा आवेदन मध्येबाट छनौट भएका घरेलु उद्योगहरुलाई उक्त सुबिधा दिईएको हो ।

लद्यु घरेलु तथा साना उद्योग प्रविधि हस्तान्तरण कार्यविधि २०७३ अनुसार गठन भएको चार सदस्यीय मुल्यांकन समितिले विभिन्न १० ओटा मापदण्डका आधारहरुमा छनौट भएका उद्योगहरुलाई सुबिधा दिईएको कार्यालयका निमित्त प्रमुख दिपक पौडेलले जानकारी दिए ।

घरेलु धनकुटाको कार्यालय

१ लाख रुपैयाँ सम्मको प्रबिधि खरिदमा छुट दिईने उक्त सेवा पाउने उद्योग तर्फ डेरी, आर्ट, सिलाईकटाई, एड्भटाइजिङ्ग एजेन्सी, गृल, होटल रहेका छन् । त्यस्तै उत्पादनमूलक उद्योग तर्फ विस्कुट, वाटर उद्योग, छालाजुक्ता, ढाका, कागज, कृषिजन्य उद्योग तर्फ गाई फर्म तथा वाख्रा फर्म र वनजन्य उद्योग तर्फ फर्चिचर उद्योग रहेको कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयले गत आर्थिक वर्षमा घरेलु कार्यालयमा दर्ता भएका जुनसुकै उद्योगहरुलाई १५ हजार रुपैया सम्मको प्रविधि खरिद गर्दा ४० प्रतिशत सम्म अनुदान सहयोग गरेको थियो ।

हाल धनकुटामा १ हजार २ सय ९ वटा घरेलु तथा साना उद्योगहरु घरेलु तथा साना उद्योग बिकास समिति धनकुटाको कार्यालयमा दर्ता रहेको कार्यालयको तथ्यांक छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।