१५०० दर्शक माझ धनकुटाको हिलेमा उत्कृट १३ नेपाली डकूमेन्ट्रीहरु प्रदर्शन गरियो

धनकुटा खबर, चैत १ । १४ औं अन्तराष्ट्रि पर्वतिय महोत्सवको अवसरमा धनकुटाको हिलेमा उत्कृट १३ नेपाली डकूमेन्ट्रीहरु २ दिन सम्म प्रदर्शन गरिएको छ । सन् २०१६ डिसेम्बरमा काठमाण्डू ईनटरनेशनल माउण्टेन फिल्म फेष्टिभल (किम्फ)को सम्पन्न १ सय २० राष्ट्रका ४६ डकुमेन्ट्री मध्ये उत्कृष्ट १० वटा बृतचित्रहरु निःशुल्क प्रदर्शन गरिएको हो ।

हिमाल एशोशियसन काठमाण्डौको आयोजना, स्थानिय सिर्जनसिल साँस्कृतिक समुह हिलेको संजोजन प्रदर्शन गरिएको वृत्तचित्र १५ सय दर्शकले हेरेको आयोजकले जनाएको छ ।

हिलेको सामुदायीक भवनमा फागुन ३० र चैत १ गते प्रदर्शन गरिएको बृतचित्रहरुमा अ सङ फर बारपाक, बाह्रखरी, लौरी, भुसको लोग्ने,बियोन द ह्वाईट केन,देवकीको खोजिमा,चन्द्र,मेला,राईज एण्ड फल,सिमलको भुवा जस्तै,स्प्टि एन्डस्, मीरा रहेका थिए ।

स्वीस राजदुताबासको आर्थिक सहयोगमा ५ मिनेट देखि ५२ मिनेट सम्मका उल्लेखीत डकुमेन्ट्रीहरु नेपाली समाजमा घटेका घटना र ब्यक्तिहरुको यथार्थ दैनिकीमा आधारित रहेको स्थानिय आयोजक संस्थाका मनेश श्रेष्ठले वताउनुभयो ।

वृत्तचित्र प्रदर्शनी कार्यक्रमको समापनमा वोल्दै उहाँले नेपाली समाजमा जनचेतना फैलाउन र समाजमा नेपाली बृतचित्रको बिकास गर्ने उद्देश्यका साथ प्रर्दशन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वृत्तचित्र प्रर्दशनले विद्यार्थीहरुलाई वृत्तचिको वारेमा ज्ञान हाँसिल भएको वताउदै आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । वृत्तचित्र प्रदर्शन समापनको अवसरमा सृजनशिल साँस्कृतीक समूह हिलेले सम्मान स्वरुप हिमाल एशोशियसन सम्मान पत्र प्रदान गरेको छ ।

सन् २००० देखि नेपालका बिभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आईएको यो बृतचित्र यसपछि अव भोजपुर र खोटाङ्ग दिक्तेलमा प्रदर्शन गरिने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।