जिल्ला स्तरीय सडक निर्माणमा निर्माण ब्यबसायीको ढिलासुस्ती, करिव २० करोडमा लगानीमा ४८ किमी सडक निर्माण
धनकुटा खबर, चैत २ । डेनमार्क सरकारको उन्नती परियोजना अन्तर्गत् धनकुटामा सन्चालित जिल्लाको सबैभन्दा ठूलो जिल्ला स्तरीय सडक परियोजना सम्पन्न गर्न ढिलासुस्ती देखिएको छ ।
ठेकेदार कम्पनीहरुको लापारवाहीका कारण १९ करोड ५२ लाख २५ हजार ४ सय ९९ पैसाको लागतमा जिल्लाको साबिक मारेकटाहारे गाबिसको दारेगौडा देखि चानुवा हुंदै लेगुवा सम्मको ग्राभेल बाटो निर्माण तथा स्तर उननतीमा ढिलाई देखिएको हो ।
तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाको जोड्ने मध्ये पहाडी राजमार्गको पहुँच मार्गका रुपमा समेत रहेको उक्त ४८ दशमलव ४ सय १४ किलोमिटर निर्माणाधिन उक्त ३ खण्डको १७ प्रतिशत भन्दा बढी प्रगती हुन नसकेकोम अनुगमनले देखाएको छ ।
गत बैशाख देखि काम शुरु गरी १५ महिनामा निर्माण सम्पन्न गर्न लुम्बिनी एपेक्स जेभी काडमाण्डौ र वाईपी कन्ट्रक्सन प्रालि ललितपुरले ११ महिना बितिसक्दा पनि क्रमश १७ र ३१ किलोमिटर बाटो निर्माणमा १७ र ९ प्रतिशत मात्र काम गरेको अनुगमनमा देखिएको छ ।

तस्वीर : अनुगमनका क्रममा चानुवा–लेगुवा खण्डमा उन्नती नेपालको लगानीमा निर्माणाधिन सडक
यी दुई सडक खण्डमा पर्ने तस्रो प्याकेलमा अन्तर्गत लेगुवा–मारेकटाहारे जोड्नको लागिनिर्माण गर्नुपर्ने २२ मिटर लमबाईको पक्की पुल समेत ठेक्का लागेको ३ महिना बिति सक्दा पनि निर्माण कम्पनी कुम्सालिङ्ग प्रालि भोजपुरले अझैं काम शुरु गरेको छैन ।
‘यहि अनुपातमा काम गरे समयमा काम सम्पन्न नहुने अनुगमनमा देखियो’,
‘अब समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई तुरुन्त पत्र पठाउँछौ ।’
– धनकुटाका पूर्वाधार बिज्ञ प्रमोद न्यौपाने
सडक आयोजनाको पहिलो खण्ड १० करोड १५ लाख १३ हजार ७ सय ८७ रुपैया,दोस्रो खण्ड ७ करोड ७२ लाख ३९ हजार ९ सय ६३ रुपैंया ११ पैसा र तस्रो प्याकेज अन्तर्गत १ करोड ६४ लाख ८१ हजार ७ सय ३९ रुपैंया ३० पैसामा पुलको ठेक्का लगाईएको थियो ।
तर अहिले सम्म ८० प्रतिशत प्रगती हुनुपर्ने भएता पनि ज्यादै न्यून काम भएकोले निर्माण ब्यबसायीहरुलाई समयमा काम सम्पन गर्न परिपत्र गर्ने उन्नती परीयोजना धनकुटाका पूर्वाधार बिज्ञ प्रमोद न्यौपानेले जानकारी दिनुभयो ।
‘यहि अनुपातमा काम गरे समयमा काम सम्पन्न नहुने अनुगमनमा देखियो’,उहाँले भन्नुभयो,‘अब समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई तुरुन्त पत्र पठाउँछौ ।’
उता निर्माण कम्पनीका प्रतिनीधिहरुले भने ‘कृषि उपज बोक्न बर्खाको समयमा बाटो बिग्रन्छ’ भनेर किसानहरुको बिरोध र त्यसपछिको दशैं–तिहार जस्ता चाडपर्वले कामदारको अभावमा काम हुन नसकेको बताएका छन् ।
अहिले काम धमाधम भईरहेपनि तोकीएको समयमा काम सम्पन्न हुन नसक्ने भएकाले निर्माण कम्पनीहरुलाई थप समय दिनुपर्ने लुम्बिनी एपेक्स जेभी कम्पनीका सहायक ईन्चाज देवनारायण गजुरेलले बताउनुभयो ।


