धनकुटामा ४ झोलुंगे पुल थपिने
धनकुटा खबर । यस बर्ष धनकुटामा ४ वटा झोलुंगे पुल बनाईने भएको छ । उक्त पुल बनेपछि जिल्ला पुलको संख्या ५१ पुग्नेछ ।
बिभिन्न ४ गाबिसमा नयां बन्ने पुलबाट ५ हजार ५८ घरपरिवार प्रत्यक्ष रुपमा लाभाम्ति हुने जिल्ला बिकास समितिले जानकारी दिएको छ ।
कुल ४८ लाख ९१ हजार ८ सय ३६ रुपैयामा लागतमा निमाण गर्न लागिएको उक्त पुलहरुमा चालु आर्थिक बर्षमा प्रत्येक पुल निमाणका लागि ९ लाखका दरले कुल ३६ लाख खर्च गरिनेछ ।
कार्यालयले दिएको जानकारी अनुसार छिन्ताङ्ग र आहाले गाबिसमा २० लाख ४४ हजार ६ सय २ रुपैंया,चुनवाङ्ग र खोकु गबबिसमा १३ लाख ६५ हजार ३ सय,मारेकटाहारेमा ८ लाख २ हजार ६ सय र आहाले र महाभारतमा ६ लाख ६१ हजार ४ सय ८४ रुपैंयाको लागतमा पुल बन्न लागेको हो ।

पुल बनेपछि छिन्ताङ्ग र आहालेका १ हजार २ सय घर धुरी, चुनवाङ्ग र खोकुका १ हजार ५१,मारेकटाहारेका १ हजार २ सय र आहाले र महाभारतका १ हजार ७ सय ५० घरधुरु लाभाम्बित हुने कार्यालयको तथ्यांक छ ।
स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले चालु आर्थिक बर्षमा उक्त पुल बाहेक ४० लाख ५२ हजारको लागतमा थप अन्य ८ ओटा झोलुंगे पुलको सर्भेक्षण गरिने जानकारी दिनुभयो ।
हाल धनकुटामा तमोर र अरुण नदिमा निर्मित ४ ठूला सहित ४७ झोलुंगेपुलहरु रहेको समन्वयन समिति धनकुटाले जानकारी दिएको छ ।
प्रत्येक पुल हेर्नको लागि प्रति व्यक्ति बार्षिक ६ हजार दिएर जिल्ला समन्वयन समितिले बार्षिक २ लाख ८२ हजार खर्च गर्ने गरेको छ ।


