‘अब स्थानिय निकायको चुनाव भएपछि माओवादीले उठाएको संविधान सभा कार्यान्वयनसंगै गणतन्त्र संस्थागत हुन्छ’ : हेमराज भण्डारी

११ सदस्यीय साँगुरीगढी शिक्षक समिति संगठन

धनकुटा खबर, फागुन ४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारीले बैशाख ३१ मा हुने स्थानिय निकायको चुनाव आफ्नो पार्टीको ३० बर्षिय राजनैतिक रणनीतिको दोस्रो सफल भएको बताएका छन् ।

एकिकृत अखिल नेपाल शिक्षक संगठन सांगुरीगढी गाउँपालिका स्तरीय शिक्षक भेलामा बोल्दै भण्डारीले यस्तो बताएका हुन् ।

‘पार्टीको पहिलो १० बर्षे जनयुद्धको बलमा नेपालका शामन्तीहरुको नाईकेका रुपमा रहेको राजतन्त्र ढल्यो’,उनले भने,‘अब स्थानिय निकायको चुनाव भएपछि माओवादीले उठाएको संविधान सभा कार्यान्वयन संगै गणतन्त्र संस्थागत हुन्छ ।’

हेमराज भण्डारी

‘पार्टीको पहिलो १० बर्षे जनयुद्धको बलमा नेपालका शामन्तीहरुको नाईकेका रुपमा रहेको राजतन्त्र ढल्यो’
‘अब स्थानिय निकायको चुनाव भएपछि माओवादीले उठाएको संविधान सभा कार्यान्वयन संगै गणतन्त्र संस्थागत हुन्छ ।’
– नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी

नेता भण्डारीले संबिधान निर्माण पछिको स्थानिय निकायको चुनावले जनप्रतिनीधि छानेपछि नेपालका आदिवासीजनजाति,दलित,भहिला,मधेशी,मुस्लिम लगाएत पछि परेका र पुरानो राज्यसत्ताद्वार पछि पारिएका जनताहरु सर्वभौम सम्पन्न हुने बताए ।

प्रादेशिक संरचनाको चुनाव संगै संघियता कार्यान्वयन भएपछि आफ्नो पाटीको १० बर्षे गणतन्त्र संस्थागत गर्ने रणनैतिक सफलता पछि माओवादी देशको आर्थिक रुपमा समृद्ध बनाउन अर्को १० बर्षे आर्थिक बिकासमा लाग्ने भण्डारीले जानकारी दिए ।

नव निर्वाचित शिक्षक समिति

शिक्षक संगठनका जिल्ला अध्यक्ष ब्रम्हध्वज साम्पाङको अध्यक्षमा सम्पन्न भएको उक्त भेलाले मणिकुमार लिम्बुको अध्यक्षतामा ११ सदस्यीय सांगुरी गढी शिक्षक समिति चयन गरेको छ ।

समितिका अनय पदाधिकारीहरुमा उपाध्यक्ष मेघराज पौडेल,सचिव खेलबहादुर लिम्बु,सह–सचिव शंकर पोखरेल, अर्थ सह–सचिवमा रमेश अधिकारी रहेका छन् ।

पछि ४ सदस्यीय पदाधिकारी थप्ने गरी गठित समितिका सदस्यहरुमा पर्शराम थापा,भुवन डंगोल,घनश्याम मगर,टेकनाथ रिजाल,खेम कुमारी दिम्बु,सुमित्रा लिम्बु रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।