पूर्वका ५ जिल्लामा आजबाट हात्तिपाईलेको औषधी बितरण शुरु, धनकुटामा ४८० केन्द्रबाट औषधी खुवाईदै
धनकुटा खबर, फागुन ५ । पूर्वका साबिक ९ जिल्ला मध्ये ५ जिल्लामा आजबाट हात्तिपाईले रोग बिरुद्धको निःशुल्क औषधी बितरण कार्यक्रम शुरु गरिएको छ ।
धनकुटा लगाएत ईलाम, पाँचथर, भोजपुर र तेह्रथुममा ५ गते शनिबार देखि ७ गते सोमबार सम्म र बाँकीका झापा,मोरङ,सुनसरी र उदयपुरमा १७ गते देखि औषधी बितरण गरिने क्षेत्रीय स्वास्त्य कार्यालय धनकुटाले जानकारी दिएको छ ।

यसै क्रममा यो बर्षको धनकुटामा पनि छैटौं पटक ४ सय ८० वटा स्वास्थ्य केन्द्रबाट १ सय ९८ स्वास्थ्यकर्मी परिचालन गरेर एकैसाथ औषधी खुवाउन शुरु गरिएको छ ।
गत सालको औषधी सेवन पछि रगत परिक्षणमा साबिक लेगुवा र घोर्लीखर्क गरी ७ जनामा हात्तिपाईले रोगको लक्षण देखिएपछि धनकुटामा पुनः १ आउने बर्ष औषधी खुवाईने कार्यालयका प्रमुख डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
बिश्वका ७० देशका १२ करोड जनसंख्या प्रभावित भएको यो रोगबाट सन् २०२० सम्ममा नेपालबाट उन्मूलन गर्ने नेपाल सरकारको लक्ष रहेको छ ।

तस्वीर : धनकुटा अस्पतालमा राखिएको औषधी सेवन केन्द्रमा औषधी खाँदै


