धनकुटामा सुली निर्यातमा १ महिना प्रतिबन्ध
धनकुटा खबर । छिमेकी जिल्ला सुनसरीमा वर्ड फ्लूको प्रकोप देखा परेकोले धनकुटा जिल्लामा एक महिनाको लागि सुली आयातमा प्रतिवन्ध गरिएको छ ।
कोशी पहाडी जिल्लाको मुख्य प्रवेशद्धारको रुपमा रहेको धनकुटा जिल्ला लगायत पहाडी जिल्लामा वर्ड फ्रलुको संक्रमण रोक्ने सुली आयातमा प्रतिबन्ध लगाईएको जिल्ला पशु कार्यालय धनकुटाले जानकारी दिएको छ ।

तस्वीर : धनकुटाको जोरपाटी स्थित तराईबाट ल्याईएको कुखुराको सुली अनलोड गर्दै यातायात मजदुरहरु (फाईल फोटो)
पंक्षीको हकमा भने मान्यता प्राप्त पशु चिकित्सक द्धारा स्वस्थ्य भएको प्रमाण पत्र पश्चात आयात गर्न दिईने पशु विकास अधिकृत सुक्रराज लिम्वुले जानकारी दिनुभयो ।
अहिले पूर्वी तराईका बिभिन्न जिल्लाहरुबाट मलको लागि प्रयोग गर्न सुली र मासुका लागि कुखुरा धनकुटा हुंदै अन्य जिल्लाहरुमा निर्यात गर्ने गरिएको छ ।


