होमियोपेथिकले गर्यो धनकुटाबाट संघर्षको उद्घोष ! : ‘अन्य चिकित्सा पद्दती सरह मान्यता देउ’

धनकुटा खबर, चैत ६ । होमियोपेथिक चिकित्सा पद्दतीलाई अन्य चिकित्सा पद्दती सरह मान्तता दिलाउन होमियोपेथिक केन्द्रिय समितिले धनकुटाबाट संघर्षको कार्यक्रम शुरु गरेको छ ।

होमियोपेथिक चिकित्सापद्दती अध्ययनका लागि राज्यले अनुमती दिएपनि उक्त चिकित्सा पद्दतीलाई अन्य चिकित्सा सरह त्यसको पद्दती र बिकासमा राज्यले बेवास्ता गरेकोले संघर्षमा उत्रन परेको समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

तस्वीर : मन्त्री तारामान गुरुङका सोकीय सचिव श्याम निरौला मार्फत् ज्ञापन पत्र बुझाउँदै

समितिले स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङका सोकीय सचिव श्याम निरौला मार्फत् स्वास्थ्य मन्त्रालयलाई ज्ञापन पत्र बुझाउँदै मन्त्रालय घेराउ,तालाबन्दि र बिभिन्न आन्दोलनका कार्यक्रम गर्ने जानकारी दिएको छ ।

पत्रकार सम्मेलन मार्फत् बिज्ञप्ती जारी गरेर समितिले होमियोपेथिकको आफ्नै काउन्सील र परिषद् भएपनि यसलाई आयुवेर्दिक बिभाग अन्तर्गत राखेकोले यसलाई तत्काल हटाएर छुट्टै बिभाग गठनको माग समेत गरेको छ ।

सरकारले २०१० सालबाट ललितपुरको पशुपती होमियोपेथीक अस्पतालमा होमियोपेथीक डाक्टर राखेर सेवा शुरु गरेको ईतिंस भएपनि अहिले सम्म स्वास्थ्य मन्त्रलयले होमियोपेथिकलाई पुरक चिकित्सा अन्तर्गत रानु होमियोपेथिकलाई सक्ने षडयन्त्र भएको समितिको आरोप छ ।

कार्यक्रममा समितिका केन्द्रिय उपाध्यक्ष खगेन्द्र कटुवालले पहिलो चरणको कार्यक्रम अन्तर्गत हरेक जिल्लाका प्रशासन कार्यालय मार्फत् ज्ञापन–पत्र बुझाउने जानकारी दिए ।

उक्त कुराको सरकारले बेवास्ता गरेमा समितिले मन्त्रालय घेराउ, तालाबन्दि र आन्दोलनमा उत्रने सम्मको कार्यक्रम गर्ने समितिले जानकारी दिएको छ ।

अन्य चिकित्सा पद्दती सरह मान्यता नदिएमा २००७ साल देखि हाल सम्म २ हजाको हाराहारी सन्चालित स्वास्थ्य संस्था र त्यसमा कार्यरत स्वास्थ्यकर्मीहरुको भविष्य धरापमा पर्ने समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।