प्रधानमन्त्री दाहालद्वारा बहुराष्ट्रिय सेनालाई सम्वोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अभ्यास शान्ति प्रयास–तेस्रो को उद्घाटन समारोहमा सम्बोधन गर्नुहुँदै ।

पाँचखाल (काभ्रेपलाञ्चोक), ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति स्थापना कार्यमा नेपाली सेनाले बहुराष्ट्रिय सेनासँग समदूरीमा रही काम गरेको स्मरण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले उक्त कुरा नेपाल, इन्डोनेसिया, किर्गिज्स्तान, मलेसिया, फिलिपिन्स, बङ्गलादेश, अमेरिकालगायत देशबाट विभिन्न प्रकृतिका शान्ति स्थापनासम्बन्धि तालिममा सहभागी २८ मुलकका बहुराष्ट्रिय सेनालाई आज पाँचखालमा सम्बोधन गर्दा बताउनुभएको हो ।

अभ्यास सुर्यकिरण एघारौं को समापनको अवसरमा सहभागी नेपाली र भारतीय सेनाद्वारा शेरेमोनियल ड्रिल प्रदर्शन गर्दै ।

प्रधानमन्त्री दाहालले शान्ति स्थापना कार्यमा नेपाली सेनाले लेवनान, युगान्डा, इथियोपिया दक्षिण सुडान, इराक, सिरियालगायत ४१ मुलकमा बहुराष्ट्रिय सेनासँग मिलेर काम गरेको इतिहास रहेको बताउनुभयो । नेपाली सेना सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य भएपछि शान्ति स्थापना कार्यमा सक्रिय रहँदै आएको छ ।

उहाँले नेपालको शान्ति स्थापनामा संयुक्त राष्ट्र सङ्घले पु¥याएको योगदानको प्रशंसा गर्दै संयुक्त राष्ट्र सङ्घ विश्वका सबै मुलुकको अभिभावक संस्था रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यसपछि भविष्यमा आइपर्ने विभिन्न प्रकृतिका समस्या समाधानमा संयुक्त राष्ट्र सङ्घको आह्वानलाई स्वीकार्दै अगाडि बढ्ने बताउनुभयो ।

अभ्यास सुर्यकिरण एघारौं को समापनको अवसरमा संयुक्त तस्बिर खिचाउँदै नेपाली र भारतीय सेना ।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा आयोजना गरिएको १५ दिने शान्ति अभ्यास (तेस्रो) चरणको तालिममा भाग लिन २८ देशका एकहजार २४ सैनिकको सहभागिता छ । तालिम यही चैत २१ गतेसम्म चल्नेछ ।

द्वन्द्वग्रस्त मुलुकमा खटिने सैनिकबीच सहकार्यलाई एकतामा सुत्रबद्ध गरी सीप विकासमा सहयोग र आपसी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा यो तालिम पहिलो पटक आयोजना गरिएको हो । यसअघि नेपाली सेनाले पहिलो पटक सन् २००० मा शान्ति अभ्यास सुरु गरेको थियो । त्यसबेला चारवटा मुलुकका सेनाले यहाँ भाग लिएका थिए । पाँचखालमा सेनाको बहुराष्ट्रिय तालिम केन्द्र रहेको छ ।

कार्यक्रममा संयुक्त राज्य अमेरिकाका एसिया प्रशान्त क्षेत्र सैन्य कमाण्डर एडमिरल ह्यारीले शान्ति स्थापना कार्यमा नेपाली सेना र अमेरिकी सेनाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाली सेना विश्व शान्ति स्थापनार्थ सेना खटाउने मुलुकको सूचीमा छैटौँ स्थानमा छ ।

त्यसैगरी, नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले तालिम नेपाल र अमेरिकाको आपसी सहयोगमा सञ्चालन भएको जानकारी दिनुभयो ।

अभ्यास शान्ति प्रयास– (तेस्रो) को उद्घाटन समारोहको क्रममा खुकुरी ड्रिल प्रदर्शन गर्दै ।

तस्बिर सौजन्य: नेपाली सेना



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।