धनकुटाको हिले मै पाईन्छन यस्ता कृषी औजार ! (फोटो फिचर सहित)

धनकुटा खबर, चैत ८ । धनकुटाको हिले वजारमा एक कृषी ओैजार सप्लायर्स सञ्चालनमा आएको छ ।
पहाडी क्षेत्रको किसानलाई सूलभ मूल्यमा आधुनिक कृषी प्रणालीका कृषी औजार उपलव्ध गराउदै कृषी व्यवसायलाई सजिलो र छरितो वनाउने लक्षका साथ श्री कृष्ण कृषी औजार सप्लायर्स सञ्चालनमा ल्याईएको सप्लायर्स सञ्चालक नगेन्द्र दाहालले वताउनुभयो ।

करिव ६ लाखको लागतमा सञ्चालनमा ल्याईएको यो सप्लायर्समा खेतवारी जोत्ने मिनिटेलर मेशीन,धान, मकै कुट्ने मेशीन,धान झार्ने मेशीन,मोटो तथा लामो घाँसलाई टुक्रा वनाउने,मसला पिन्ने,मकै छोडाउने मेशीन,पानी तान्ने पम्पसेट,विरुवाको हाँगा काट्ने औजार,वाँस काट्ने हाते औजार,ड्याङ्ग वनाउने औजार लगायतका सामाग्री पाईने दाहालले वताउनुभयो ।

पछिल्लो समय कृषीको काम गर्ने जनशक्तिको अभाव भईरहेको समयमा यी सामाग्रीको उपयोगले किसानलाई राहत मिल्लने सञ्चालक दाहालको भनाई छ ।



