चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु, मृतकका आफन्तले गरे क्लिनिकमा तोडफोड

लहान, ९ चैत । चिकित्सकको लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आज सिरहाको बन्दीपुरस्थित एक स्वास्थ्य क्लिनिकमा तोडफोड गरेका छन् ।

अनुहारको डन्डीफोर हटाउने भन्दै मङ्गलवार स्थानीय राइन मेडिकेयर सेन्टरमा भर्ना भएकी सिरहास्थित कर्जनहा गाउँपालिका–२ बन्दीपुरकी २५ वर्षीया रेखादेवी मुखियाको गएराति मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले मेडिकेयर सेन्टरमा तोडफोड गरेका हुन् ।

घटनालगत्तै प्रहरीले राईन मेडिकेयर सेन्टरका सञ्चालक ताहिर राइनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यम अधिकारीले जानकारी दिनुभयो ।

तोडफोड गरिएको राईन मेडिकेयर सेन्टर जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता नगराई अवैधरुपमा सञ्चालन गर्दै आएको स्थानीयवासीको आरोप छ ।

अनुहारको डण्डीफोर हटाउन भर्ना भएकी रेखाको अनुहारको राईन मेडिकेयर सेन्टरका सञ्चालकले शल्यक्रिया गरेको मृतककी सासु मसिहादेवी मुखियाले बताईन् ।

शल्यक्रियापश्चात अत्यधिक रक्तश्राव नरोकिएपछि बेहोस भएकी रेखालाई कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लैजाँदै गर्दा बोटोमै उनको मृत्यु भएको परिवारले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।