अपडेटः मोरङको कानेपोखरीमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३३ जना घाइते

प्रारम्भमा २१ जना भनिएकोमा ३३ जना रहेको जानकारी प्राप्त

अपडेटः विराटनगर, चैत्र ९ । पूर्व पश्चिम राजमार्गको मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

घाइतेमध्ये १ जनाको अवस्था गम्भिर रहेको छ। मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन। मृतकको शव उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ। गम्भिर घाइते केरौन मोरङका संखर विक रहेका छन्।

पथरीस्थित इलाका प्रहरी कार्यालयका इनिस्पेक्टर राजन कार्कीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बसको अगाडीको टायर पड्किएर दुर्घटना भएको हो। टायर पड्किएर अनियन्त्रित भएको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको छ।

घाइतेहरुमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरिगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरिगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।