चुँदार पेशाबाट राम्रो कमाई

धनकुटा खबर । लोपउन्मूख काष्ठ शिल्पी कला (चुँदार) पेशाबाट मोरङ्ग केरावारी ९ देवी झोडाका चुँदार कालिगढ राजकुमार बिकले मासिक ३० हजार भन्दा बढी कमाई गर्ने गरेका छन् ।

२०४५ सालबाट भुटान,भारतको दाजिलिङ्ग र नेपाल बिभिन्न स्थानपछि गत बर्ष देखि धनकुटाको भेडेटार स्थित सिम्सुवा खोलामा पानीघट्टा राखेर काठको समाग्री बनाउने काम गर्दै आएका छन् ।

५१ बर्षिया चुंदार बिकले काठ लिएर आएकाहरुको ज्यालामा र आफैं काठ खरिद गरेर बनाएको सामाग्री बेचर दैनिक १ हजार ५ सय सम्म कमाउने गरेको बताए ।

लोपउन्मूख यो पेशामा प्रतिष्प्रधा कम र पुरानो शैलीबाट बनेको सामाग्री भनेपछि सबैले मौकामा सामाग्री बनाएर राख्ने भएकाले राम्रो कमाई भएको बिकको भनाई छ ।

बिकले पानीघट्टाको सहयोगमा कटहर र दार जातिको काठबाट ठेकी,तुमबाको भाँडो,मादल,कुपी,चौंठो कठुवा लगाएतका बिभिन्न १ हजार २० प्रकारका घरेलु प्रयोग र सजावतका सामाग्रीहरु बनाउने गरेको बताए ।

न्यूनतम एक सय देखि अधिकतम १२ हजार सम्मको पर्ने उक्त समाग्रीहरु नेपालका स्थानिय बजार र बिदेशीले कोशेलीका रुपमा बिक्री हुने गरेको बिकले जानकारी दिए ।


तस्वीर: घट्टामा काठको सामाग्री बनाउँदै र आफूले बनाएको देखाउँदै बिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।