एक सय ३५ बर्ष पुरानो धनकुटाको ऐतिहाँसिक सल्लेरी वनका रुख काट्न शुरु
ब्यबस्थापनका लागि चालु आवमा २० लाख बिनियोजन
धनकुटा खबर, १०चैत । एक सय ३५ बर्ष पुरानो धनकुटाको ऐतिहाँसिक सल्लेरी वनका खोटे सल्लाका रुखहरु काट्न शुरु गरिएको छ ।
धनकुटा नगरपालिकाको ३,४ र ६ वडाको ४३ दशमलव ७२ हेक्टरमा फैलिएका खोटे सल्लाका रुखहरु ढल्न शुरु भएपछि ४० बर्षे वन ब्यबस्थापन कार्य योजना बनाएर रुख काट्न शुरु गरिएको हो ।

बालिचक्रिय प्रणली कार्ययोजना अन्तर्गत हरेक १० बर्षमा एक सेक्टर वन ब्यबस्थापन गर्ने योजना अनुरुप चालु आर्थिक बर्षमा पहिलो सेक्टरको रुखहरु काटन् शुरु गरेको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।
बिभाजित ४ सेक्टर मध्ये पहिलो चरणको कार्यक्रम अन्तर्गत् बुद्ध स–मिल कपिलबस्तुलाई २८ लाख ३७ हजार ठेक्कामा ७९ वटा रुख काट्न शुरु गरेको छ ।
रुख कटानी पछि उक्त स्थानमा ८० प्रतिशत सल्ला र २० प्रतिशत सिरीस, चिलाउने लगायतका अन्य प्रजातीका गरी कुल १ हजार ६ सय विरुवा रोपिने जिल्ला वन अधिकृत वस्तीले जानकारी दिए ।
उक्त वनको बृक्षरोपन,संरक्षत तथा संवद्र्धन गर्न नेपाल सरकारले जिल्ला वन कार्यालय मार्फत् चालु आवमा २० लाख रकम बिनियोजन गरेको छ ।
बम विक्रमराणाले विसं १९३८ मा बृक्षारोपण गरीएको रहेको उक्त वनमा ९२ प्रतिशत ३ हजार ५ सय खोटे सल्लाका रुख रहेका जिल्ला वन कार्यलयले जनाएको छ ।

तस्वीर: सल्लेरीका रुखहरु काट्दै मजदुरहरु


