भरतपुर अस्पतालमा एनआइसियु सेवा सबै निःशुल्क

चितवन, १२ चैत । भरतपुर अस्पतालले अस्पतालमा सञ्चालन भएको नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) को सेवा निःशुल्क गर्ने भएको छ ।

अस्पतालको सेवा विस्तारसँगै एनआइसियु सेवालाई निःशुल्क गर्न लागेको हो । अस्पतालको ५४ आँै वार्षिकोत्सवका अवसरमा भोलिदेखि यो सेवालाई निःशुल्क गर्न लागिएको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताउनुभयो ।

नवजात शिशु सघन उपचार कक्षमा १२ वटा श्यया सञ्चालनमा छन् भने आठ श्यया थप गर्न लागिएको छ । एनआइसियुमा अत्यन्त संवेदनशील भएका शिशुको उपचार गरिन्छ ।

अस्पतालले आफैँ खर्च व्यहोरेर भएपनि सेवा निःशुल्क गरेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । एक वर्षअघि सुरु गरिएको सो सेवामा यसअघि श्ययाको मात्र निःशुल्क गरिएको थियो ।

निजी अस्पतालमा रु पाँच हजारदेखि रु सात हजार तिर्नुपर्ने अवस्था छ । यस्तै, नवजात शिशुको उपचारका लागि छुट्टै कक्षमा सेवा सुरु गरिने भएको छ । सोह्र श्यया क्षमतासहितको नवजात शिशुका लागि सेवा सुरु गर्न लागिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

एनआइसियु र नवजात शिशु वार्डमा सबै सेवा निःशुल्क गरिएको डा मरासिनीले बताउनुभयो । यसका लागि उपकरण र जनशक्ति थप गरिने पनि उहाँले बताउनुभयो ।

भरतपुर अस्पतालमा उपचारका लागि बिरामी आकर्षित भएका छन् । अन्यत्रभन्दा सस्तो र स्तरीय सेवा दिन थालेपछि सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामी बर्सेनी बढ्न थालेका हुन् । निजी अस्पतालमा उपचार खर्च महँगो हुने भएपछि सरकारी अस्पतालप्रति बिरामीको आकर्षण बढेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।