यस्तो छ टुटे देउरालीको जंगलमा ढुङ्गे बगैचा… (फोटो फिचर सहित)

धनकुटा खबर, चैत १३,तेह्रथुम । मध्ये–पहाडी राजमार्गको तेह्रथुम–धनकुटा खण्डमा अबस्थित नेपालको घोषित नमुना शहर बसन्तपुर बजारलाई पर्यटर्नको माध्यमद्वारा आर्थिक टेवा दिन ढुंगे बगैचा सन्चालनमा ल्याईने भएको छ ।

धनकुटा, तेह्रथुम र संखुवासभा ३ जिल्लाको संगम स्थलमा रहेको तेह्रथुमको लालिगुराँस नगरपालिकामा अबस्थित यो शहर संगै ढुंगे बगैंचा(आरआर गार्डेन) सन्चालनमा आउन लागेको हो ।

पन्चबर्षिय योजना अन्तर्गत बजार संगै रहेका ७ किमि उत्तरमा रहेको चैते सामुदायिक वनको ५ सय रोपनी क्षेत्रफलमा उक्त पार्कहरु सन्चालनमा आउन लागेका हो ।

निर्माणधिन अबस्थामा आंशिक रुपमा सन्चालनमा रहेका उक्त पाक २०७१ सालबाट लालिगुराँसको जंगल भित्र टुटे देउरालीमा आरआर गार्डे सन्चालनमा आउन लागेको हो ।

नयां बर्ष र लालिगुराँस फुलेको समयमा आउने पर्यटक समेतलाई ध्यानमा राखेर २०७१ सालबाट शुरु गरिएको रक गार्डेनलाई दार्जिलिङ्गको प्रख्यात रक गार्डेन जस्तै बनाईने निर्माण समितिले जानकारी दिएको छ ।

लालिगुराँस र ढुंगाको तालमेलबाट बनाईने उक्त रक एण्ड रोडोरेन्डम गार्डेनमा २ सय मिटर भन्दा अग्लो शिवको मूर्ति,प्राकृतिक रुपमा रहेका ढुंगाको बिभिन्न आकृति र वनभोज स्थलहरु निर्माण गरिने समिति अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

उनले भने,‘यो गार्डेन दाजिलिङ्गको जतिकै प्रख्यात बनाउने हाम्रो लक्ष छ ।’

हाल निर्माधिन अबस्थामा दैनिक ५ सय सम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको उक्त स्थानमा आगामी दिनमा पूर्वी नेपाल दैनिक आउने आधा ५ हजार पर्यटकहरु भित्रयाएर आर्थिक लाभ लिने खड्काले जानकारी दिए ।

शुरुवात देखि चालु आव सम्ममा समितिले बिभिन्न भौतिक संरचनाका लागि पर्यटन बिकास कार्यालय काँकडभिट्टाको ४५ लाख र नयां शहर बिकाश कार्यालयको ३१ लाख गरी कुल ७६ लाख खर्च गरिएको छ ।

लालिगुराँसको राजधानीका रुपमा रहेको तीजुरे,जलजले र मिल्के संगै जोडिएको यस पार्कमा बैसाख १ गते १ दिन मात्र करि ४० हजार र लालिगुराँस फल्ने बर्ष चैत्र–बैसाख १ महिनामा एक लाख भन्दा बढीले भ्रमण÷अवलोकन गर्ने गरेका छन् ।

चालु आवमा नयां शहरले थप २० लाख खर्च गर्ने तयारी गरेको यस स्थानमा कैलाश महादेव सहितको पूर्ण रुपमा पार्क निर्माण गर्न थप २० करोड बजेटको आवश्यकता रहेको समितिले जानकारी लिएको छ ।


तस्वीर: आरआर गार्डन र उक्त गार्डेनमा रमाउँदै यूवायूवतीहरु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।