धनकुटाको पाख्रीबासमा स्वास्थ्य शिविर सन्चालन (फोटो फिचर सहित)

धनकुटा खबर, चैत २६ । धनकुटाको पाख्रीबास नगरपालिकामा केयर वुमन नेपाल धनकुटाले १ दिने स्वास्थ्य शिविर सन्चालन गरेको छ ।
संस्थाका अध्यक्ष ईन्दिरा थापाको सक्रियतामा बिगत केहि बर्ष देखिको निरन्तरतामा पाख्रीबासमा उक्त १२ औं स्वास्थ्य शिविर सन्चालन गरिएको हो ।
लायन्स कल्व धनकुटाको सह–आयोजना सम्पन्न उक्त शिविरमा सामान्य बिरामी जााच देखि लिएर बिशेष गरेर स्त्री रोग तथा पाठेघर उपचार सेवा दिईने छ ।
उक्त स्वास्थ्य शिविरमा धरान बिपी र नोवेल मेडिकल कलेजका ९ जना डाक्टरको टोलीले सेवा दिने अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उक्त स्वास्थ सिविरबाट पाख्रिबास,फंलाटे,सान्ने,मुगा,घोर्लीखर्क,चुनवाङ्ग लगाएत धनकुटाका एक दर्जन भन्दा बढी जनता लाभाम्बित हुने आयोजकले जानकारी दिएको छ ।








