पाख्रीबास नगरपालिकालाई आर्थिक टेवा दिन बनभोज स्थल निर्माण

धनकुटा खबर, चैत २६ । पर्यटनको माध्यमबाट नयां नगरपालिकालाई आर्थिक टेवा दिने उदेश्यले धनकुटाको पाख्रीबासमा ५६ लाखको लागतमा रमणीय वनभोज स्थल निर्माण गरिएको छ ।

२०७० सालमा पाख्रीबास बजार सिहत पाँच गाबिस मिलाएर नगरपालिका घोषणा भए संगै उक्त आयोजना शुरु गरिएको माईपुजा सिमसार संरक्षण समितिका अध्यक्ष ज्ञान बहादुर गुरुङले जानकारी दिनुभयो ।

जिल्ला समन्वयन समिति धनकुटा, पाख्रीबास नगरपालिका, गैर सरकारी संस्था सिम नेपाल र बस्ति बिकास केन्द्र काठमाण्डौको सहयोगमा गत बर्षको ३५ लाख लगानी उक्त सिमसार क्षेत्रमा साना,ठूला छ वटा पोखरी,बाटो लगाएतका पूर्वाधारहरु निर्माण गरिएको थियो ।

थप पूर्वाधार निर्माणसंगै आयोजना पुरा गर्न यो बर्ष बस्ति बिकास केन्दको १० लाख, जिल्ला बिकास समिति धनकुटाको ५ लाख, पाख्रीबास नगरपालिको ४ लाख र जिल्ला वन कार्यालयको २ लाख गरी थप २१ लाखको सहयोगमा उक्त योजना पुरा भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अहिले उक्त सिमसार क्षेत्रमा मासिक चार सय भन्दा बढी आन्तरीक तथा बाहिय पर्यटकहरु आउने गरेको समितिले जानकारी दिएको छ ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त वनभोज स्थल मार्फत् नगरपालिकामा बार्षिक छ लाख भन्दा बढी पर्यटक भित्रयाउने लक्ष रहेको समितिले जानकारी दिएको छ ।

फोटोः वनभोज स्थल पाख्रीबास धनकुटा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।