पाख्रीवासमा २ क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु

धनकुटा खबर, चैत २७ । धनकुटाको पाख्रीवासमा २ क्षेत्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शूरु भएको छ ।
यही चैत ३० र ३१ गते हुन लागेको जिल्ला स्तरय नवौ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीका लागि २ नं क्षेत्रका जम्मा १३ वटा विद्यालयको सहभागीतामा २ क्षेत्र स्तरिय प्रतियोगिता सञ्चालन भईरहेको जाल्पादेवी माद्यमीक विद्यालयका शिक्षक किशोर राईले जानकारी दिनुभयो ।
जस अनुसार हिजो भलिवल , कर्बडि,छात्रछात्रा १५ सय मिटरका दौड प्रतियोगिता सञ्चालन गरिएको र आज रिले र ज्याभ्लिङ्ग थ्रो लगायतका खेलहरु हुने जनाईएको छ ।


