पाख्रीबासमा सञ्चालित १ दिने स्वास्थ्य शिविरमा कति लाभान्वित ?

धनकुटा खबर, चैत २७ । धनकुटाको पाख्रिबासमा सञ्चालित १ दिने स्वास्थ्य शिविरमा ४ सय ३५ जना सर्वसाधारण लाभान्वित भएकाछन् ।
केयर वुमन नेपाल धनकुटाको आयोजना र लायन्स कल्व धनकुटाको सह–आयोजनामा भएको शिविरमा पाख्रिबास,फंलाटे,सान्ने,मुगा,घोर्लीखर्क,चुनवाङ्ग र धनकुटाका सर्वसाधारणले सेवा लिएका हुन ।
शिविरमा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजका ९ जना डाक्टरको टोलीले विरामीको जाच गरेकोशिविर आयोजक संस्थाका अध्यक्ष ईन्दिरा थापाले जानकारी दिनुभयो ।
शिविरमा सामान्य बिरामी देखि लिएर बिशेष गरेर स्त्री रोग तथा पाठेघर का विरामिलाई सेवा प्रदान गरिएको थियो ।
यो पनि हेर्नुहोस् – धनकुटाको पाख्रीबासमा स्वास्थ्य शिविर सन्चालन (फोटो फिचर सहित)


