प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मनबहादुर राईको निःशुल्क उपचार

पथरी (मोरङ), २८ चैत । प्लास्टिकको झोलामा आन्द्रा बोकेर बाँचिरहेका मोरङको मिक्लाजुङ–१ साम्पाङ टोलका ४० वर्षीय मनबहादुर राईको उपचार नोबेल अस्पताल, विराटनगरले निःशुल्क उपचार गर्ने भएको छ ।

‘प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ समाचार शीर्षकको समाचार राससले प्रकाशन गरेपछि देशका विभिन्न सञ्चारमाध्यमले सो समाचार प्रकाशित गरेका थिए । सो समाचार सञ्चारमाध्यममा आएपछि उर्लाबारीका समाजसेवी खड्ग फागोको समन्वयमा नोबेल अस्पतालमा उपचारका लागि ल्याइएको हो ।

राईको त्यस्तो अवस्था देखेपछि नोबेल अस्पताल, विराटनगरका सञ्चालक सुनिल शर्माले निःशुल्क उपचार गर्नुहुनेभएको हो । उहाँले भन्नुभयो – “हामीले राईको उपचार निःशुल्क गर्ने भएका छौँ । सञ्चालक शर्माले राईलाई निको पारेर तन्दुरुस्त बनाएर घर पठाउने बताउनुभयो ।

नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार यो वर्ष अस्पतालले ५०० जना विपन्न अवस्थाका विरामीको निःशुल्क उपचार गरेको छ । त्यसैगरी ३०० जनाको निःशुल्क शल्यक्रिया गरेको छ ।

तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित राईको बिपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाख चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिए पनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेको थिएन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।