नवौं राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, धनकुटाका २५ माबिहरु मध्ये १९ बिद्यालयका बिद्यार्थी सहभागी (फोटो फिचर सहित)
धनकुटा खबर, चैत ३० । ‘राष्टका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ धनकुटामा नवौं जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
जिल्ला खेलकुद बिकास समितिको आयोजना हुने प्रतियोगिताको बुधबार प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उपेतीले उद्घाटन गर्नुभएको छ ।

प्रतियोगितामा धनकुटाका २५ माबिहरु मध्ये १९ बिद्यालयका २ सय ६० जना छात्र÷छात्राले भाग लिएको समितिका अध्यक्ष योगेन्द्र राईले जानकारी दिनुभयो ।
२ दिन सम्म सम्पन्न हुने उक्त प्रतियोगितामा छात्र÷छात्रा तर्फको भलिवल र कपर्दी सहित एथलेटिक्स तर्फका १३ बिद्याको खेलमा बिद्य ार्थीहरुले प्रतिष्प्रधा गर्नेछन् ।
प्रतियोगिताको पहिलो दिन १ र ३ सय मिटर दौड, ४ सय मिटरको रिले दौड,सटपुट, लङ जम्पको फाईनल खेल सकिने आयोजकले जानकारी दिएको छ ।






