धनकुटामा रेविज भ्याक्सिन अभाव
धनकुटा खबर, चैत ३१ । धनकुटा बजार क्षेत्रमा छाडा कुकुरहरुको बिगबिगी भएको बेला धनकुटामा रेविज बिरुद्धको भ्याक्सिनको समेत अभाव देखिएको छ ।
गएको डेढ महिना देखि म्याक्सिनको अभाव हुंदा अस्पताल भित्र १ सय ५० मा पाईने भ्याक्सिन बाहिर ३ हजार ९ सयमा खरिद गर्नुपर्ने सर्वसाधारणहरुमा बाध्यता रहेको छ ।
केन्द्रिय बिभागले औषधीको ब्यबस्थापन गर्न नसक्दा भ्याक्सिन अभाव भएको धनकुटा अस्पतालका डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।
गएको माघ १ गते देखी हाल सम्म ४५ जनालाई कुकुरले टोको घटना दर्ता भएपनि भ्याक्सिन अभावमा हाल कार्यालयमा तथ्यांक नरहेको जिल्ला अस्पतालको आकस्मिक कक्षले जानकारी दिएको छ ।

तस्वीर: धनकुटाको पर्यटकीय नगरी हिले बजारको चौकमा पर्यटन आकर्ष गर्न बनाईएको तोङ्वाको प्रतिमा वरिपरी सुतिरहेका छाडा(भुस्याहा) कुकुरहरु ।

