राष्ट्रपति रनिङ सिल्ड भानु माविलाई
धनकुटा खबर, चैत ३१ । धनकुटामा सञ्चालन भईरहेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी भानु मावि डाँडाबजारले जितेको छ ।
छात्र भलिबल, छात्र कपर्दी, छात्रा कपर्दी र एथलेटिक्स तर्फ गरेर कुल २ सय ३१ अंक प्राप्त गरेर प्रथम स्थान हात पार्दै विद्यालयले रनिङ सिल्ड जितेको हो ।

२०७१ साल देखि लगातार प्रतियोगिता जितेको भानुले यो पटक राष्ट्रपति रनिङ सिल्ड कब्जा गरेको हो ।
आगमी बर्ष देखि जिल्ला खेलकुद विकास समितिले नयाँ सिल्ड खरीद गरी खेल खेलाउने खेलकुद विकास समितिका कार्यालय सचिव नविन प्रधानले बताए ।
त्यस्तै दोस्रो भएको पुण्य माविले १२८ र तेस्रो भएको कुरुलेतेनुपा माविले ९४ अंक प्राप्त गरेको छ ।
प्रतियोगितमा एथलेटिक्स तर्फ पन्चकृष्ण माविका विवेक राई र भानु माविकी विनिता लिम्बु उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै कपर्दी तर्फ भानु माविकै किरणराज लिम्बु र सन्ध्य लिम्बु उत्कृष्ट खेलाडी घोषित भए । भलिबल तर्फ भानु माविका आशिष मगर र पन्चकृष्ण माविकी चन्द्रिका राई उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिता विजेता विद्यालय भानु माविले ५ हजार नगद सहित राष्ट्रपति रनिङ शिल्ड, उपविजेताले नगद १२ हजार र तेस्रो हुने विद्यालयले ९ हजार नगद प्राप्त गरेका छन् ।

