पाँचथर गोल्डकपमा एपिएफको बिजयी सुरुबात

फिदिम, बैशाख २ । पाँचथरमा आजबाट सुरुभएको प्रथम पाँचथर गोल्डकपमा आयोजक पाँचथर क्लब पाँचथरलाइ २–१ गोलले हराउदै एफिएफ पुर्वाञ्चल सेमिफाइनल प्रबेश गरेको छ । सिमसिम पानी परेर खेलमैदान हिलो हुदाँ दुबै टिमका खेलाडीहरुलाइ खेल्न गाह्रो भएको थियो ।

शनिबार फिदिम उच्च मा.बिको मैदानमा भएको खेलमा एपिएफका उज्वल राई र सुसिल राईले गोल गरेका थिए ।

खेलको ५१ औ मिनेटमा एपिएफका उज्वल राईले फ्रिकिकबाट गोल गर्दै एपिएफलाइ सुरुबाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा एपिएफका सुसिल राईले गोल गर्दै अगता दोब्बर पारेका थिए ।

पाँचथरको रक्षकहरु लाइ छल्दै राईले सुन्दर गोल गरेका थिए । खेलको अन्त तिर आयोजकका नरेश सम्हाफेले १ गोल फर्काए पनि आयोजकले हार टार्न सकेन । पाएका केहि राम्रा अबसर गुमाउदा आयोजक निराश हुन पुग्यो ।

खेल पछि पत्रकारहरु संग कुरा गर्दै पाँचथर क्लबका प्रशिक्षक सुमन कुँवरले आफ्नो टिम पराजित भए पनि राम्रो खेल प्रर्दशन गरेकोमा खुसी रहेको बताए ।

एपिएफका प्रशिक्षक बलबहादुर गुरुङले पानीका बाबजुत पनि आफ्नो टिम बिजयी भएको र अर्को खेलमा सुधार गर्नु पर्ने बताए ।

आजको खेलको म्यान अफ दि म्याच बिजेता टिमका सुसिल राइ भए । उनले नगद २००० प्राप्त गरे ।

। फिदिम उच्च मा.बि को खेल मैदानमा पाँचथर क्षेत्र नंंं. २ का सांसद उपभोक्ता भिष्म राज आङदेम्बेले उद्घाटन रेफ्रिलाइ बल हस्तातरण गरेर खेल उद्भाटन गर्नु भएको थियो ।

बैशाख ९ गते सम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमले उपाधि सहित नगद १ लाख ५० हजार र द्धितिय हुने टिमले नगद १ लाख रुपैँया प्राप्त गर्ने छन ।

पाँचथर गोल्डकप आइतबार हुने खेल रेडहर्स इलाम र डिएफसि मोरङ दिनको २ बजे फिदिम उच्च मा.बिको खेलमैदानमा हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।