नेपालमा लगानीका लागि आग्रह

भारत, ५ वैशाख, । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छिन् ।

भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा मंगलवार आयोजना गरेको नेपाल र भारतका उद्योगी– व्यापारीबीचको अन्तत्र्रयामा राष्ट्रपति भण्डारीले जतिसुकै स्रोतसाधन सम्पन्न भए पनि आजको विश्वमा कुनै पनि मुलुकले एक्लै आर्थिक उन्नति हासिल गर्न नसक्ने बताउँदै निजी र सरकारी क्षेत्रको संयुक्त लगानीका साथै देश देशबीचको सम्बन्धले मात्र समुन्नत विश्वको सम्भावना हुने विचार व्यक्त गरिन । “नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ, नेपालमा उत्पादन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न सकिन्छ”, उनले भनिन् ।

नेपालले हालै गरेका दुई अन्तर्राष्ट्रिय लगानी सम्मेलनले नेपालमा लगानी भित्र्याउने र आर्थिक उन्नति हासिल गर्ने लक्ष्यलाई स्पष्ट दिशानिर्देश गरेको बताउँदै उहाँले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सघाउन भारतीय उद्योगी र लगानीकर्तालाई आग्रह गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले एक वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयनसँगै समावेशितालाई सुनिश्चित गरी नेपालले वर्षौंदेखि चाहेको विकासको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा सरकार लागेको बताए । भारत विश्वमा एउटा उदीयमान अर्थतन्त्रका रुपमा आइरहेकाले नेपालले त्यसबाट फाइदा लिने सम्भावनाबारे गम्भीर भएर छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

“नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, नेपालसँग जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा अपार सम्भावना रहेकाले त्यसलाई उपयोग गरी फाइदा लिन सहकार्यका लागि आग्रह गर्दछु” उनले भने ।

कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री विके सिंहले नेपाल र भारतबीच विशेष र महत्वपूर्ण सम्बन्ध रहेकाले दुवै देशले एकार्काबाट फाइदा लिनुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, भारत उद्योग परिसङ्घका अध्यक्ष आदर्श शर्मालगायतले यातायात सञ्जालको विस्तारसँगै सीमापार व्यापार, भन्सार सुविधालगायत विषयमा समझदारीसहित अघि बढ्नुपर्ने बताइन् ।

कार्यक्रममा उद्योगी व्यवसायीले दुई देशबीचको खुला सिमानालाई अवरोधका रुपमा भन्दा पनि त्यसबाट फाइदा लिन सक्नुपर्ने बताउँदै भारत एउटा उदीयमान अर्थतन्त्र मात्र नभई नेपालको समेत एउटा महत्वपूर्ण विकास साझेदार भएको बताए । कार्यक्रममा नेपाल र भारतका उद्योगी–व्यापारीलगायतको सहभागिता थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।