इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको मृत्यु
इलाम । इलामको देउमाई नगरपालिका–१, चमैतास्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज बिहान करिब ६ः३० बजे सडकबाट करिब दुई मिटर तल खसेर बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी अन्दाजी २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


