अब महिन्द्राको शो–रुम धनकुटामा !
धनकुटा खबर, बैशाख ६ । महिन्द्रा कम्पनीले स्कुटी र मोटरसाईकलको २७ औं शो–रुम धनकुटा सन्चालनमा ल्याएको छ ।
अग्नी मोट्रोईन्क काडमाण्डौले निशान ईन्टरप्राईजेज धनकुटाको सहकार्यमा धनकुटाको जिरो प्वाईनटमा उक्त शो–रुम सन्चालनमा ल्याएको हो ।

उक्त शो रुमको बुधबार उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे र मोटोईन्क पूर्वाञ्चलका रिजनल म्यानेजर गोपाल श्रेष्ठले सामुहिक रुपमा उत्घाटन गरेका छन् ।
उक्त शो–रुमबाट १ लाख ५१ हजार ५ सय देखि १ लाख ७८ हजार ९ सय सम्मको ३ ब्राण्डको स्कुटी र एक मोटरसाईकलको सेवा दिईने श्रेष्ठले जानकारी दिए ।
शो–रुमले गष्टो ११० र १२५,उजो १२५ र ११० सिसिको सेन्चुरो मोटरसाईकलको बिक्री संगै सम्पूर्ण पाटपुर्जा र सर्भिसिङ्ग सेवा दिने शो–रुम सनचालक नारायण श्रेष्ठले जानकारी दिए ।

तस्वीर: उवा संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे र मोटोईन्क रिजनल म्यानेजर गोपाल श्रेष्ठ शो–रुमको उत्घाटन गर्दै र शो–रुम


