धनकुटाको पुजीगत खर्च ४४ प्रतिशत मात्र
धनकुटा खबर । चालु आर्थिक वर्षको ९ महिनामा धनकुटाको पुँजीगत खर्च ४४ प्रतिशत मात्र भएको कोष तथा लेखा नियन्त्रक कार्यालय धनकुटाले जानकारी दिएको छ ।
कार्यालय धनकुटाबाट निकासी हुने स्थानिय निकाय र सरकारको केद्रिय कार्यक्रम बाहेक जिल्लाका ६० वटा कार्यालयको चालु खर्चको प्रगती ७६ दशमलव ५० प्रतिशत रहेपनि पूँजीगत तर्फको समग्रमा ४४ दशमलव ८७ मात्र प्रगती भएको छ ।

जिल्लाको बिनियोजित कुल ३ अर्व ६४ करोड ८२ लाख ३३ हजार ७ सय ५३ रुपैंया ७८ पैसा मध्ये चालु तर्फ बिनियोजित २ अर्व ८६ करोड १४ लाख १८ हजार ९ सय ५३ रुपैंया ७८ पैसा मध्ये २ अर्व १८ करोड ९१ लाख ८८ हजार ३ सय ४० रुपैंया ८६ पैसा खर्च भएको छ ।
तर पूजीगत तर्फ भने विनियोजित करिव ७८ करोड ६८ लाख १४ हजार ८ सयमा चैत्र मसान्त भित्र ३५ करोड ३८ लाख १६ हजार ९ सय ५ रुपैंया ४ पैसा खर्च भभएको कार्यालयले जानकारी दिएको छ ।
भौतिक निर्माण तथा बिकासका काम गर्ने कार्यालयहरुमा डिभिजन सिँचाई विकास कार्यालयले चालु आवको लागि विनियोजित ७ करोड ४ लाख २० हजार मध्ये २२ दशमलव १ प्रतिशत अर्थात् १ करोड ५५ लाख ९ सय रुपैया मात्र खर्च गरेको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको विनियोजित १५ करोड ३४ लाख ८२ हजार रुपैयामध्ये ३३ प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैया खर्च गरेको छ ।
पूर्वाञ्चल सडक डिभिजन कार्यालय धनकुटाले चालु आवको लागि विनियोजित २० करोड ५ लाख ६० हजार रुपैया मध्ये ८ करोड ४ लाख ४५ हजार रुपैया ४० दशमलव ११ प्रतिशत पूजिगत खर्च गरेको छ ।
त्यस्तै क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय धनकुटाको विनियोजित ९ करोड ७७ लाख १४ हजार रुपैया मध्ये ५० दशमलव २६ प्रतिशत ४ करोड ९१ लाख २० हजार रुपैया खर्च भएको छ ।
जल प्रकोप उत्पन्न कार्यालय धनकुटाको २ करोड १४ लाख रुपैयाँमा १ करोड ६५ लाख ९३ हजार रुपैया खच अर्थात् ७७ दशमलव ५३ प्रतिशत पूजीगत खर्च रहेको छ ।
हाल सम्म जिल्लाको पूँजीगत खर्च ७५ प्रतिशत भन्दा बढी हुनुपर्ने भएता पनि योजना कार्यान्वयनमा ब्यबसायीहरुद्वारा ढिलाई,आसन्न स्थानिय तहको निर्वाचन तथा बिभिन्न सरकारी नीतिगत समस्या लगाएतका कारणले पूजीगत तर्फको बित्तिय प्रगती नदेखिएको प्रमुख कोष नियन्त्रक नरेश प्रसाद खरेलले बताउँनु भयो ।
यहि अनुपातमा काम भए आगामी असार मसान्त सम्ममा ८० प्रतिशत मात्र रकम खर्च हुने खरेलले जानकारी दिनुभयो ।


