ढाल्ने क्रममा रूखले किचेर एक जनाको मृत्यु

धनकुटा खबर, तेह्रथुमको आठराई गाउँपालिपकामा रूखले किचेर शुक्रबार अपराहन्न एक जनाको मृत्यु भएको छ ।

आठराई गाउँपालिका २ साविक खाम्लालुङ ९ दोरपमा गोलियाका लागि उतिसको रूख ढाल्ने क्रममा ईलाम घर भई संक्रान्तिबजारमा ३ वर्ष देखि बस्दै आएका ३५ वर्षिय अमिर लिम्बूको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यलय संक्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिनु भयो ।

रूखले नै किचेर आठराई गाउँपालिका १ साविक संक्रान्तिबजार ९ पुराना गाउँका लक्ष्मी लिम्बू गम्भीर घाइते भएका छन् ।

घाइते लिम्बूको संक्रान्तिबजार स्थित प्राथमिक स्वास्थ केन्द्रमा उपचार सम्भव नभए पछि सुबिधा सम्पन्न ठाउँमा उपचारका लागि पठाईएको स्वास्थ्य केन्द्रले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।