प्रहरी नायव महानिरीक्षक नवराज सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडौँ, ११ वैशाख । प्रहरीले नायब महानिरीक्षक नवराज सिलवाललाई प्रहरीले आज सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरी महानिरीक्षकसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महानिरीक्षकले बोलाएको बैठक बहिष्कार गरेको सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भन्नुभयो–“हामीले उहाँलाई सोधपुछका लागि बोलाएका थियौँ तर उहाँले मेरो वकिल पनि साथै लिएर मात्र आउँछु भनेपछि हामीले उहाँहरु दुवैजनालाई लिएर आएका हौँ ।”

सिलवाललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत अपराध अनुसन्धान विभागमा छानबिन समितिले सोधपुछ गरिरहेको जानकारी प्रवक्ता खनालले जानकारी दिनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।