धनकुटाका नगर र गाउँपालिकाहरुको पुँजीगत खर्च ३३ प्रतिशत मात्र

धनकुटा खबर, बैशाख ११ । चालु आर्थिक वर्षको ९ महिनामा धनकुटाका स्थानिय निकायहरुको पुँजीगत खर्च ३३ प्रतिशत मात्र भएको छ ।

तीन चौमासिक सम्ममा चालु खर्च तर्फ साबिक ३ हाल ७ वटा स्थानिय निकायहरुको ७५ प्रतिशत सम्म भएपनि ती निकायहरुको पूँजिगत खर्चतर्फ भने ३३ दशमलव ६३ सम्म मात्र प्रगति रहेको छ ।

तस्वीर: निर्माणाधिन टुंडिखेल

साबिक जिबिसमा आवद्ध २८ गाबिस हाल जिल्ला समन्वयन समित अन्तर्गत् आवद्ध रहेका एक नगरपालिका ४ गाउँपालिकाको चालु तर्फ ५८ दशमलव ६६ र पूँजिगत तर्फ २२ दशमलव २६ मात्र खर्च भएको छ ।

बिषयगत कार्यालयहरुबाहेक जिसस तर्फको बनियोजित ४१ करोड १२ लाख ९२ हजारमा २४ करोड १२ लाख ९२ हजार खर्च भएको छ भने पूँजिगत तर्फ बिनियोजित १६ करोड ८८ लाख ४९ हजारमा ३ करोड ७६ लाख खर्च भएको समनवयन समितिले जानकारी दिएको छ ।

त्यस्तै धनकुटा नगरपालिकाको चालु खर्च तर्फ ५५ दशमलव ८५ प्रतिशत प्रगति भएपनि पूँजिगत तर्फ ३३ दशमलव ६३ प्रतिशत खर्च भएको छ ।

चालु तर्फ बनियोजित ७ करोड ८ लाख ७७ हजार मध्ये ३ करोड ९५ लाख ८६ हजार र पूँजिगत तर्फ बिनियोजित ११ करोड १७ लाख ९० हजार ३ करोड ७६ लाख खर्च भएको कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै पाख्रिबास नगरपालिकाले चालु तर्फ ७५ दशमलव ७५ प्रतिशत र पूँजिगत तर्फ १२ दशमलव ३३ प्रतिशत मात्र प्रगति भएको जानकारी दिएको छ ।

चालु खर्च तर्फको २ कल ८० लाख ५९ हजार मध्ये २ करोड १२ लाख ५७ हजार र पूँजिगत तर्फको ७ करोड २० लाख २६ हजारमा ८८ लाख ८५ हजार मात्र खर्च गरेको नगरपालिकाले जानकारी दिएको छ ।

पुरानो संरचनाबाट जिल्ला नयाँ संरचनामा जाँदा भौतिक निर्माण र बिकासका क्षेत्रका रकमहरु निकासी गर्न समस्या भएकाले पूँजिगत प्रगति न्यून देखिएको स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।