घट्टामा च्युरा कुट्नु अघि उसिनेको धान भुट्दै पानीघट्टाका कामदारहरु

घट्टामा च्युरा कुट्नु(बनाउनु) भन्दा पहिला उसिनेको धान भुट्दै धनकुटा मारेकटहरे गाबिस स्थित ज्ञानेन्द्र वाटर टर्वाईन पानीघट्टाका कामदारहरु । धनकुटाको एक मात्र पुरानो यो पानी घट्टाले उक्त गाबिस सहित,लेगुवा,जितपुर र डाडागाउँका ४ गाबिसका जनताहरुलाई बिद्यतीय मिलको भन्दा सस्तो दाममा कुटनी÷पिसनी र तेल पेल्ने सुबिधा दिंदै आईरहेको सन्चालक तोर्ण पौडेलले जानकारी दिए ।
तस्वीर: नारायण कुमार राई / धनकुटा खबर


