धुर्मुस-सुन्तली भन्छन, ‘यहाँ देशको झण्डा भन्दा ठूलो पार्टिको झण्डा भएको छ’ (हेर्नुहोस् भिडियोसहित)
काठमाडौं, १२ बैशाख । भुकम्पपछिको पूर्ननिर्माणमा एकीकृत नमूना बस्ती निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै भुकम्पपीडित तथा सहयोगी समाजले सिताराम कट्टेल र कुञ्जना घिमिरे(धुर्मुस–सुन्तलीलाई) अभिनन्दन गरेको छ ।
मंगलबार समाजले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको गोरखा महाभुकम्पको दोस्रो वार्षिकीको अवस्थामा धुर्मुस–सुन्तलीलाई क्लबका सभापति एवम् कार्यक्रमका प्रमुख अतिथि ऋषि धमलाले अभिनन्दन गरेका हुन् । कार्यक्रममा अभिनन्दित भएपछि आफ्नो भनाई राख्दै सिताराम कट्टेल(धुर्मुस)ले महाभुकम्प गएको दुई वर्ष वितिसक्दापनि भुकम्प प्रभावित जिल्लाहरुको पूननिर्माण सम्पन्न नभएकोप्रति दुःख व्यक्त गरे ।


